एलए अन्तरविद्यालय पौडी शनिबार
मंगलबार, २६ भाद्र २०८०खेलपाटी संवाददाता

काठमाडौं । लिटिल एन्जल्स एलए स्कुलको आयोजनामा १९ औं अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ७२ विद्यालयका ४ सय खेलाडीको सहभागिता रहने एलएका प्रिन्सिपल मुकुन्दराज शर्माले जनाएका छन् ।
२ सय ३० ब्वाइज र १ सय ७० गल्सले भाग लिने छन् ।
दुईदिने प्रतियोगितामा ५३ स्पर्धामा प्रतिस्पर्धा हुने एलएका पौडी प्रशिक्षक वैकुण्ठ प्रधानले जानकारी गराए । खेलहरु हात्तीवनस्थित एलएकै पौडी पोखरीमा हुनेछ ।
#एलए #पौडी





-1744388693-1773245134485.avif&w=3840&q=75)

-1771589331372.jpeg&w=3840&q=75)


-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


