समृद्धि बास्केटबलमा बूढानीलकण्ठको जित
बिहिबार, ०५ पौष २०८०खेलपाटी संवाददाता
काठमाडौं । बूढानीलकण्ठले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा जित हात पारेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बूढानीलकण्ठले काभ्रे एकेडेमीलाई ७९–६५ ले पराजित गर्यो । बूढानीलकण्ठका तेन्जिङ शेर्पाले २७ स्कोर गरे ।
पुरुषमै गोल्डेन गेटले समृद्धिलाई ८९–३७, सीसीआरसीले ह्वाइटहाउसलाई ६८–५४, टाइम्सले रोयल्सलाई ७७–५५ र ग्रिनफिल्डले बौद्ध युथ क्लबलाई ८८–७३ ले हराए ।
गोल्डेन गेटका उर्गेन लामाले २०, सीसीआरसीका प्रनिशले १२, टाइम्सका सिमोनले २८ र ग्रिनफिल्डका अमृतले २२ अंक जोडे ।
महिलाको राउन्ड रोविन लिगमा आईएसए नेपालले जेभियर इन्टरनेसनललाई ४२–२६ ले सहजै पाखा लगायो । विजेताकी सन्ध्या डंगोलले १६ अंक जोडिन् ।
#समृद्धि बास्केटबल










-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)