शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

सिर्जना, गजेन्द्र, पूर्णलक्ष्मी र मुकेशलाई स्वर्ण

शनिबार, १४ पौष २०८०खेलपाटी संवाददाता
सिर्जना, गजेन्द्र, पूर्णलक्ष्मी र मुकेशलाई स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं । आर्मीका सिर्जना पाण्डे, गजेन्द्र राई, पूर्णलक्ष्मी न्यौपाने र मुकेश पालको टिमले राष्ट्रिय मिक्स रिले दौडमा स्वर्ण जितेको छ।

कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको सम्मानमा एथलेटिक्स परिवार नेपालद्वारा शनिबार आयोजित प्रतियोगिताको निर्धारित १० किलोमिटर दूरी आर्मीले ३२ मिनेट ५८ दशमलव ८६ सेकेन्डमा पूरा गरे । एक टिमबाट समान २–२ पुरुष÷महिला गरी खेलाडी दौडेका थिए । प्रत्येक खेलाडीले २ दशमलव ५ किलोटिमर तय गर्नु पर्ने थियो ।

नेपाल प्रहरीका राममाया बुढा, सन्तोषनाथ योगी, सुमित्रा चौधरी र नागेश्वर अहिर ३३ मिनेट ४५ दशमलव ५६ सेकेन्ड समयमा दौड पूरा गर्दै दोश्रो भए । ३४ मिनेट २२ दशमलव ७३ सेकेन्डमा दौड पूरा गरेका फुलमती राना, सन्जिव नेपाली, सिमा चौधरी र राजेन्द्र तामाङ एपीएफको टोली तेश्रो भयो । शीर्ष ३ स्थान हात पार्नेले क्रमशः ३२ हजार, २४ हजार र १६ हजार नगद पुरस्कार पाए ।

आर्मीका गजेन्द्र पुरुष खुला ५ किलोमिटर दौडमा पनि स्वर्ण जित्न सफल भए । उनले निर्धारित दूरी १६ मिनेट १० दशमलव ९२ सेकेन्डमा तय गरे । रजत र कांस्य पनि आर्मीकै खेलाडीले जिते । मुकेश पाल १६ मिनेट १२ दशमलव ४२ सेकेन्ड समयमा दोश्रो तथा सञ्जय श्रेष्ठ १६ मिनेट १६ दशमलव ८३ सेकेन्ड समयमा तेश्रो बने ।

सो स्पर्धाको महिलामा प्रहरीकी राममाया बुढा पहिलो भइन् । राममायाले १८ मिनेट ५६ दशमलव ३५ सेकेन्ड समय निकालिन् । आर्मीकी पूर्णलक्ष्मी १९ मिनेट १५ दशमलव ४८ सेकेन्ड दोश्रो तथा आर्मीकै सिर्जना १९ मिनेट ४० दशमलव ८५ सेकेन्ड तेश्रो भए । पुरुष÷महिला दुवैमा पहिलो हुनेले १० हजार, दोश्रोले ७ हजार र तेश्रोले ५ हजार नगद पुरस्कार हात पारे । खुला सहित मिक्स रिलेमा चौथोदेखि दसौं स्थानमा आउनेलाई नगदबाट पुरस्कृत गरिएको थियो ।

भेट्रान पुरुष ४१ देखि ५० वर्ष उमेरसमूहको ५ किलोटिमर दौडमा च्यासलका राकेश महर्जन पहिलो, चापागाउँका नारायण देशार दोश्रो र काठमाडौंका मनिनकुमार महर्जन तेश्रो बने । पुरुष ५१ वर्षमाथि ५ किलोमिटर दौडमा कीर्तिपुरका धर्म महर्जनले स्वर्ण, दाङका भीमबहादुर गुरुङले रजत र काठमाडौंका रेवतबहादुर दाहालले कांस्य हात पारे । भेट्रान महिला ३५ वर्षमाथि ५ किलोमिटर दौडमा एपीएफकी कृष्णेश्वरी सिन्तकला पहिलो, थानकोटकी सर्मिला बस्नेत दोश्रो र बालाजुकी विनिता महर्जन तेश्रो स्थानमा रहे ।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । 

प्रतियोगितामा ६ स्पर्धा २ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले बताए । सबै स्पर्धामा नगद पुरस्कार राखिएको थियो । आयोजकका अनुसार जम्मा २ लाख ८० हजार नगद पुरस्कार वितरण गरियो । 

प्रतियोगिताको ब्यवस्थापन कम्पनी प्रो स्पोर्टस प्रालीले मिक्स रिले नेपालमै पहिलोपटक आयोजना गरिएको जानकारी दिएको छ । 

Loading ad...
LiNing Ad
#राष्ट्रिय मिक्स रिले दौड

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित