शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

'कराँते खेलले हासिल गरेका उपलब्धि उदाहरणीय' 

शनिबार, ०३ चैत्र २०८०खेलपाटी संवाददाता
'कराँते खेलले हासिल गरेका उपलब्धि उदाहरणीय' 
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल कराँते महासंघले आफ्नो बार्षिक साधारण सभा केही महत्वपुर्ण योजना सहित सर्वसम्मत रुपमा सम्पन्न गरेको छ । 

शुक्रवारदेखि मधेस प्रदेशस्थित निजगढमा भएको साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच उदघाटन गरेका थिए ।

साधारण सभामा मधेस प्रदेश सांसद माननीय मीना लामा, प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य सचिव सूर्यलाल भण्डारीलगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले निर्वाचन भएको एक वर्षको अवधिमा कराँते खेलले हासिल गरेको उपलब्धि खेल क्षेत्रका निम्ति उदाहरणीय भएको बताए ।

उनले एक वर्षअघि लामो समयदेखि विवादित रहेको कराँतेलाई एकिकृत बनाउन आफूले निर्वाह गरेको भूमिका खेलक्षेत्रको चलायमन रहेको खेल कराँतेप्रति न्याय गरेको बताउँदै जसको फलस्वरुप १९ औं एशियन गेम्समा कराँतेले रजत पदक हाशिल गरेको बताए । 

कार्यक्रमलाई सम्वोधन गर्दै मधेस प्रदेश सांसद मीना लामाले साधारणसभाको भव्य सफलताको शुभकामना ब्यक्त गरिन् । 

बागमती प्रदेश सदस्य सचिव सुर्यलाल भण्डारीले कराँते खेलसंग बिगत एक बर्षदेखि केही कार्यक्रम र प्रतियोगितामा साझेदारी गर्दै आईरहेको र आगामी दिनमा उक्त कार्यको निरन्तरता दिईरहने बताए । 

साधारणसभामा नेपाल कराँते महासंघका पदाधिकारी तथा सदस्यहरु, बिभिन्न ७ प्रदेशका प्रतिनिधि, पर्यबेक्षक लगायत करिव १ सय जना सहभागी भएको साधारण सभामा, नेपाल कराँते महासंघ कार्यसमितिले पेश गरेको बिधान संसोधन प्रस्तावलाई प्रथम साधारण सभावाट अनुमोदन गरेका थिए । 

महासचिव दावा गुरुङले २०७९ माघ १२ देखि २०८० साल चैत्र सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासंघको आर्थिक बर्ष ०८०-०८१ को आय–ब्यय सहित बार्षिक कार्यक्रममा भएको आर्थिक बिवरणहरु कोषाध्यक्ष किशोर प्रसाद भट्टराईले प्रस्तुत गरेका थिए । 

महासंघका अध्यक्ष युवराज लामाले भावी योजना, तर्जुमा कार्यक्रम र रणनैतिक योजनाहरु सहित कराँते खेलले हाशिल गरेको उपलब्धिहरु सबैको योगदानले प्राप्त भएको बताए । सभालाई सम्बोधन मार्फत बिसर्जन गर्ने क्रममा अध्यक्ष लामाले मिशन सिक्स के सम्बन्धी प्रष्ट्याउदै सहभागी सबैलाई धन्यवाद व्यक्त गरे । 

Loading ad...
LiNing Ad
#नेपाल कराँते महासंघ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत