शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मेरो कुरा
Bhat Bhateni Supermarket Ad

ट्रान्स हिमालयमा स्पोर्ट्स, एडभेन्चर र टुरिङ

बुधबार, १४ चैत्र २०८०खेलपाटी संवाददाता
ट्रान्स हिमालयमा स्पोर्ट्स, एडभेन्चर र टुरिङ
Classic Tech Internet Ad

गोविन्द भट्टराई/कमला छेत्री

काठमाडौँ। छोटो समयमा नै नेपालमा मोटर स्पोर्ट्ससम्बन्धी खेलहरूले राम्रो स्थान ओगटेको छ। यसअन्तर्गत पर्ने मोटर साइक्लिङ रेसिङ तथा टुरिङ विशेषगरी युवाहरू माझ लोकप्रिय खेल बन्न सफल भएको छ। एक दशक अघिदेखि मात्र नेपालमा संस्थागत रूपमा मोटर साइक्लिङ रेसिङका विभिन्न विधाहरू शुरू भएका हुन्। यही समयमा यो खेलमा रुचि राख्ने खेलाडी (राईडर्स), प्राविधिक तथा लाखौँ दर्शकहरू बनिसकेका छन्। आज रेसिङ र्‍याली र टुरिङका इभेन्टहरू नेपाली खेलकुद, नेपाली एडभेन्चर्स र नेपाली अटोमोबाइल्सको अभिन्न अंग बन्न पुगेको छ।

मोटो टूरदेखि मोटोेरे सिङसम्म

यसै सन्दर्भमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को १६औँ स्थापना दिवशको उपलक्ष्यमा काठमाडौँ– पोखरा– जोमसोम– पोखरा मोटर साइक्लिङ टुरिङ र्‍याली हुने भएको छ। नेपाल अटोमोबाइल्स एसोसिएसनको मोटर साइक्लिङ र टुरिङ कमिसनले आयोजना गरेको ट्रान्स हिमालयन एडभेन्चर नाम दिइएको र्‍यालीको दौरान मुस्ताङमा ट्याम एटेक च्यालेञ्ज मोटोखाना मोटरसाइकल रेसिङसमेत गरिनेछ।

माउन्टेन स्पोर्ट्स गेम्सको अवधारणाअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) घोषणा गरेको साहसिक खेलकुदसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको सन्दर्भमा यो इभेन्ट हुन गइरहेको हो।

मूलतः यस इभेन्टद्वारा निम्न कुराहरूमा टेवा पुग्नेछ।

– नेपाली खेलकुदमार्फत दिगो पर्यटन प्रवर्द्धन हुने।

– साहसिक खेलकुदमार्फत राष्ट्रिय गौरव, पदक र प्रतिष्ठा वृद्धि हुने।

– नेपाललाई विश्वकै मोटर स्पोर्ट्सको गन्तव्य बनाउने अभियानमा सहयोग पुग्ने।

– नेपालमा मोटरस्पोर्ट्स्को इतिहास, वर्तमान र लोकप्रियता उजागर गर्ने जस्ता कार्यको लागि महत्त्वपूर्ण हुनेछ।

त्यसैगरी यसै संघले नै नेपाल पर्यटन बोर्ड तथा अन्तर्राष्ट्रिय मोटर साइक्लिङ फेडेरेसनसँगको सहकार्यमा तयार गरेको टू ह्विल टरिङ नेपाल नामक गाइडलाइन अनुसारको स्थान प्रमोशनसमेत सो र्‍यालीले गर्नेछ।

आगामी अप्रिल १ देखि ५ सम्म हुने सो इभेन्ट काठमाडौँदेखि शुरू हुँदै बन्दिपुर, पोखरा, सराङकोट, बागलुङ, बेनी, तातोपानी, घासा हुँदै जोमसोमसम्म पुग्ने छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागी रहने यो टुरिङमा सहभागीहरूले नेपालका सुन्दर र मनमोहक दृश्यहरू अवलोकन गर्दै कागबेनी, मुक्तिनाथ, धुम्बालेक हुँदै लेतेमा मोटोखाना  हुनेछ।

नेपाल, समुन्द्र सतहबाट ६५ मिटरदेखि ८८४८ मिटर सम्मको उचाइ भएको सुन्दर र अलौकिक देश हो। संसारका खेलकुद, पर्यटन र साहसिक कार्यका पारखीका लागि नेपाल एउटा मुख्य गन्तव्य बनाउने कार्यको समेत थालनी हो।

अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन एफआईएमको सदस्य तथा नेपाली साहसिक खेलकुदको एउटा मुख्य संघ हुनाको नाताले यस संघले आफ्नो पहिलो कार्यक्रम नै सन् २००९ मा महिला मोटरसाइकल र्‍यालीबाट शुरू गरिएको सन्दर्भ यहाँ स्मरणीय छ।

आजको सन्दर्भमा :

– एफआईएमले समेत टुरिङको लागि विशेष महत्त्व दिइएको।

– टू ह्विल टुरिङ नेपाली पर्यटनको मुख्य गन्तव्य बन्दै गएको।

– मोटरसाइकलको संख्या अत्यधिक वृद्धि र टुरिङ कल्चर।

– परम्परागत पर्यटकीय प्रोडक्टमा आकर्षण कम हुँदै गएको।

– मोटरसाइकलमा महिला, विदेशी तथा युवाहरूको आकर्षण ज्यादा।

– मोटर स्पोर्ट्सका इभेन्टहरू खेलकुदमै लोकप्रिय बन्दै गएको।

– राखेपले माउन्टेन स्पोर्ट्स गेम्सको अवधारण अगाडि सारेको अवस्थामा यस किसिमको इभेन्ट आयोजना गर्न लागिएको हो।

 

 

कार्यक्रमको दौरान :

बन्दीपुर, पोखरा, घान्द्रुक, वाग्लुङ्ग, तातोपानी, रुप्से झरना, लेते कागबेनी, मार्फा, धुम्बाताल जोमसोम, मुक्तिनाथ, लुम्ले र कुस्माको फोटोग्राफी, भिडियोग्राफी, सेप्टी राइडिङसम्बन्धित जनचेतना कार्य गरिने छ। त्यसैगरी सेल्फी च्यालेञ्ज तथा बेस्ट राइडिङ र ट्यालेन्ट हन्टसम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन गरिनेछ।

राष्ट्रिय खेलकुद परिषद् र अन्तर्राष्ट्रिय फेडेरेसनको आर्थिक सहयोग र गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा हुने सो कार्यक्रममा अन्य विभिन्न संघ संस्थाको सहयोग रहनेछ।

टुरिङको सन्दर्भमा समापनको दिन ५– ६ अप्रिलमा पोखराको पामे क्षेत्रमा नेपालकै रोमाञ्चकारी पोखरा इन्डुरो मोटो क्रसमा टुरिङ सहभागीलाई भ्रमण अवलोकन गराइनेछ र डेमो रेसको अवसर दिइनेछ।

४ सयदेखि ४ हजार मिटरसम्मको रोमाञ्चक यात्रा

सामान्य ४ सयदेखि ४ हजार मिटरसम्म  सो र्‍यालीमा सहभागिता बापत नेपालीले दश हजार रुपैयाँ तथा इन्डियनले दश हजार भारतीय रुपैयाँ तथा अन्य देशका सहभागीले दुई सय अमेरिकी डलर बुझाउनु पर्नेछ। 

एफआईएम एसियाको क्यालेन्डर मै समावेश गर्नेगरी यस क्षेत्रमै पहिलो यस साप्ताहिक टुरिङ र्‍यालीमा राईडर्स, मेकानिक्स, मिडिया, स्वास्थ्यकर्मी र प्राविधिक समेत गरी कूल ५० जना सहभागी हुनेछन्। प्रत्येक स्टेसनबाट लाइभ समाचार, अन्तरवार्ता र अन्तरक्रिया समेत सञ्चालन गरिनेछन् भने मुस्ताङमा गरिने मोटोखानाका विजेतालाई आकर्षक शिल्ड र नगद अवार्ड प्रदान गरिनेछ।

कार्यक्रमका सहभागीहरूले आफ्नो तथा मोटरसाइकलको इन्सुरेन्स अनिवार्य हुनुपर्नेछ भने मेकानिकल सपोर्ट तथा मेडिकल सपोर्ट गण्डकी अटोमोबाइल्स संघले व्यवस्थापन गर्नेछ। 

आगामी वर्षदेखि यस किसिमको इभेन्टलाई एफआईएमको क्यालेन्डरमा समावेश गर्ने तयारीस्वरूप यो इभेन्ट आगामी अप्रिल एकको बिहान सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरबाट शुरू हुनेछ।

पोखरा राईडर्स क्लबको अप्रिल ५ र ६ मा पोखरामा आयोजना हुने पोखरा इन्डूरोमा समेत समन्वय गर्ने प्राविधिक जनशक्ति परिचालन गर्ने तथा टुरिङका राइडर्सहरूलाई समेत रोमाञ्चकारी रेसिङको अनुभव दिने हिसाबले डिजाइन गरिएको हो।

माउन्टेन स्पोर्ट्स अन्तर्गत नेपालभरि आयोजना हुने इभेन्टको यो एउटा मुख्य इभेन्ट हुनेछ जसमा (टुरिङ, मोटोखाना, इन्डूरान्स) समेत रहेको छ।

कार्यक्रमको लागि संघका उपाध्यक्ष अनिलकुमार बराल संयोजक र कुन्दन श्रेष्ठ सचिव रहेको ९ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ। थ्रील, एड्भेन्चर्स र स्पोर्ट्सको संयोजन रहेको यस इभेन्टले नेपाली खेलकुद, नेपाली पर्यटन र नेपाली अटोमोबाइल्स क्षेत्रमा एउटा सकारात्मक अध्याय थप्ने हाम्रो विश्वास छ। 

दुई सय सिसीदेखि माथिका जुनसुकै बाइक यस इभेन्टमा समावेश गरिनेछ भने यस टुरिङ र रेसिङका सहभागी मध्य १– १ जनालाई अन्तर्राष्ट्रिय टुरिङ र रेसिङको अवसर दिइनेछ।

मोटरसाइकल : यातायात स्पोर्ट्स र पर्यटनमा पनि 

संसारभरि मोटरसाइकलको आकर्षण बढ्नुका साथै यसको प्रयोगकर्ता पनि उत्तिकै वृद्धि भइरहेका छन्। संसारभरि मोटरसाइकलको संख्या ६५ करोड भन्दा बढी छन् भने यसको सबैभन्दा बढी उत्पादन र प्रयोग  एसियामा हुने गरेको छ। नेपालमा पनि ५४ लाख भन्दा बढी सवारी साधनहरूमध्ये तीन तिहाइ भन्दा बढी मोटरसाइकल प्रयोगकर्ताहरू छन्। 

मोटरसाइकलको प्रयोग विश्वव्यापी रूपमा यसरी अत्यधिक वृद्धि हुनुका विभिन्न कारणहरूमध्ये यात्रा सहज र सुलभ हुनु हो। नेपालमा सार्वजनिक सवारी साधन भरपर्दो, सहज, सुलभ र आवश्यक उपलब्धता हुने नभएकोले पनि मोटरसाइकल प्रयोगकर्ताहरूको संख्या दिनहुँ बढ्दै गएको हो।

नेपालमा मोटरसाइकलमा वृद्धि हुनुको कारण :

– मोटरसाइकलमा युवाहरूको आकर्षण र फेसन ।

– सार्वजनिक यातायातमा असुविधा र अपुग ।

– सहज सुलभ र छरितो यातायातको माध्यम।

– स्पोर्ट्ससम्बन्धी क्रियाकलापहरूमा बढ्दो लोकप्रियता। 

– टुरिङ  र्‍यालीहरूमा बढ्दो प्रयोग आदि।

नेपालको विविध भौगोलिक विकटता र कठिनाइका कारण चारपाङ्ग्रे सवारीसाधन नपुगेको अवस्थाले पनि मोटरसाइकलको बढ्दो आकर्षण छ। नेपालमा विभिन्न पर्यटकीय गन्तव्यहरूमा अन्य सवारी साधन भन्दा मोटरसाइकल टुरिङ सहज र रोमाञ्चकारी हुने हुँदा पनि आजभोलि मोटरसाइकल नै सबैको पहिलो रोजाई बन्न पुगेको छ।

यसै सन्दर्भमा नेपाल अटोमोबाईल्स संघले साहसिक खेल अन्तर्गत पर्ने विधाहरू जस्तै मोटरसाइकल रेसिङ, टुरिङ, र्‍याली जस्ता इभेन्टहरू आयोजना विगत लामो समयदेखि गर्दै आइरहेको छ। नेपाली युवाहरूबीच यो खेलप्रति लोभलाग्दो आकर्षण साथै दर्शकहरू पनि उत्तिकै वृद्धि भइरहेको अवस्थाले नेपाली खेलकुदमा साहसिक खेलकुदको हैसियत दर्साउँछ।

अन्तमा,

नेपालमा पर्यटकीय सम्भावना अत्यधिक छ र मोटरसाइकलजस्ता सवारी साधन सही तरीकाले प्रयोग गर्दै यो सम्बन्धी हुने खेलहरू र पर्यटन प्रयोजनको लागि प्रयोग गरेर मात्र पनि हाम्रा युवा वर्ग साथै देशलाई पनि आर्थिक रूपमा केही हदसम्म निर्भर गराउन सकिने प्रशस्त सम्भावनाहरू छन्। आजको मोटरसाइकल जसले साहसिक खेलमार्फत दिगो पर्यटनको आधार दिने– बन्ने कुरामा दुई मत नहोला। 

– भट्टराई माउन्टेन स्पोर्ट्स फेडेरेसनका अध्यक्ष हुन् भने छेत्री नेपाल अटोमोबाईल्स एसोसिएसनकी सह– कोषाध्यक्ष हुन्।

Bajaj Pulsar Motorcycle Ad
माेटरस्पाेर्ट्स

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

‘ममाथिको कारबाही वैधानिक छैन’

‘ममाथिको कारबाही वैधानिक छैन’

Bajaj Pulsar Motorcycle Ad
नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी