शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

कसरी बन्यो मनाङ लिग च्याम्पियन ?

मंगलबार, २४ पौष २०७५नमीन ढकाल
कसरी बन्यो मनाङ लिग च्याम्पियन ?
Loading ad...
mustang rice ad

काठमाडौं । मनाङले कीर्तिमानी आठौँ पटक सहिद स्मारक ए डिभिजन लिगको उपधि उचाल्यो । करिब पाँच बर्ष पछि सुरु भएको घरेलु लिगमा मनाङले कीर्तिमानी आठौँ पटक लिग जितेको हो ।

लामो समय फुटबल संघभित्र अन्तर संघर्ष चलिरहदाँ त्यसको प्रत्यक्ष प्रभाव मैदान भित्र प¥यो । त्यसको असर स्वरुप लामो समय फुटबलको मेरुदण्ड मानिने लिग हुन सकेन । धेरै खेलाडी पलायन भए । खेलाडी उत्पादन ठप्प जस्तै रह्यो ।

तर एन्फामा नेतृत्व परिवर्तनसंगै सुरु भएको लिगले घरेलु फुटबललाई चलायमान बनाउने विश्वास गरिएको छ । आलोचना र विवादका बीच सुरु भएको लिगमा मनाङले गज्जवको नतिजा आत्मसाथ ग¥यो ।

टिमका मुख्य खेलाडी घाईते हुदाँ समेत मनाङले उत्कृष्ट प्रर्दशन गर्न सफल भयो । घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङ यस पटकको लिगमा कसरी सफल भयो त ? यसका केही कारण निम्न प्रकारका रहेका छन् ।

Image may contain: 7 people, people smiling

१. फुजा तोपे :

नाईजेरियन प्रशिक्षक फुजा तोपे घरेलु फुटबलमा नयाँ नाम होईन । छिमेकी देश भारतका विभिन्न क्लबमा प्रशिक्षण गराएका फुजा यस पटक मनाङको टिममा देखिए । टचलाईनमा सुमन श्रेष्ठमा थिए, तर टिमको रणनीति फुजाले तयार बनाउथे ।

अन्तिम खेल बाहेक मनाङले लिग अवधिभर जित आत्मसाथ गरेको थियो, त्यसका मुख्य ‘आर्किटेक्चर’ फुजा थिए । उनी टिम अनुसारको रणनीति बुन्थे । त्यही अनुसारको फर्मेसनमा खेलाडी उतार्थे । नजितामा मनाङले कीर्तिमानी आठौँ पटक लिग जित्न सफल भयो ।

२. विदेशी खेलाडीको प्रभाव :

नेपालको घरेलु फुटबलमा विदेशी खेलाडीको प्रभाव निर्णायक मानिन्छ । उपाधि जित्न र रेलिगेशनबाट बच्न सबै क्लबका भरपर्दा अस्त्र भनेका विदेशी खेलाडीनै हुन् । मनाङले उपाधि रक्षा गर्ने लक्ष्य सहित केही राम्रा विदेशी खेलाडी क्लबमा ल्यायो । कमजोर मानिएको डिफेन्सलाई भारतबाट व्यवसायिक फुटबल खेल्दै आएका मोहमद असिफले ठुलै राहत दिए ।

मनाङको उपाधि यात्राका नायक, अफ्रिकन खेलाडी ओलावाले अफिज भन्दा फरक पर्दैन । उनी यस बर्षको लिगका सर्वाधिक उत्कृष्ट स्ट्राईकर हुन् । उनी कुनैपनि क्लबको डिफेन्स लाईनलाई दबाबमा राख्न सक्षम बने । जब मनाङलाई गोलको खडेरी प¥यो, अफिजले निरन्तर गोल गरे । मनाङको फरवार्ड लाईनमा देखिएका विदेशी खेलाडी एडिलआजा सोमिडेले समेत उत्कृष्ट प्रर्दशन गरे ।

Image may contain: 8 people, people smiling, people standing

३. बलियो बेन्च :

मनाङले लिगको तेस्रो चरणमै चिरप्रतिद्वन्दी क्लब थ्री स्टारसंग खेल्न पर्ने भयो । भरपर्दा मिडफिल्डर सुजल श्रेष्ठ र प्रकाश बुढाथोकी चोटका कारण मैदान बाहिर थिए । दोहोरो पहेलो कार्डका कारण मुख्य स्ट्राईकर ओलावाले अफिज समेत बेन्चमा थिए ।

सबैले मनाङको प्रर्दशनलाई लिएर चिन्ता व्यक्त गरेका थिए । तर जब खेल सुरु भयो, थ्री स्टारविरुद्व मनाङ हावी देखियो । अन्तिममा मनाङले नतिजा २–१ ले आफ्नो पक्षमा पा¥यो ।

बेन्चमा देखिदै आएका घरेलु फुटबलका परिचित नाम दिपक राई, डोना थापा, विमल रानाले मनाङलाई बलियो साथ दिए । बेन्च बलियो भएका कारण मनाङलाई लिगको दौरान खासै समस्या भएन । अधिकांश क्लब खेलाडीको अभावले पिरोलिरहदाँ मनाङले बेन्च समेत बलियो बनाएको थियो ।

४. आक्रमक फरवार्ड लाईन : 

घरेलु फुटबलमा राम्रा स्ट्राईकर छैनन् । राष्ट्रिय टिमका मुख्य स्ट्राईकरद्वय भरत खवास र नवयुग श्रेष्ठ विभागीय टिम आर्मीमा छन् ।
तर लिगमा मनाङले विदेशी स्ट्राईकर अनुबन्धन गरेको थियो । अफ्रिकन खेलाडी ओलावाले अफिज र एडिलाजा सोमिडे मनाङका मुख्य हतियार बने, र गतिलो प्रभाव जमाए । अफिजले लिगमा सर्वाधिक ७ गोल गरे । एडिलाजाको नाममा ४ गोल रह्यो ।

यस्तै विङ्गरमा राम्रो प्रभाव जमाएका अन्जन विष्टले ५ गोल गरे । प्रतियोगिता अवधिभर मनाङले २३ गोल गरेको थियो, जो सहभागि टिमको सर्वाधिक गोल हो । अफिज र एडिलाजाले विपक्षीको रक्षापङ्तीलाई दबाबमा मात्र राखेनन्, निरन्तर गोलको अवसर समेत सिर्जना गरे । आर्मीका प्रशिक्षक नविन न्यौपाने समेत भने, मनाङका एक फरवार्ड रोक्न कम्तिमा ३ नेपाली डिफेन्डर आवश्यक पर्छ ।

Image may contain: 11 people, people smiling, people standing and outdoor

५. क्लबको व्यवस्थापन : 

मनाङको च्याम्पियन यात्राको प्रमुख आधार क्लबको व्यवस्थापन पक्षनै हो । घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङले लिग फुटबलमा खुलेर खर्च गर्ने गर्छ । स्टार र राम्रा खेलाडी अनुबन्धन गर्न कुनै सम्झौता नगर्ने मनाङको परम्परानै छ । जसमा क्लबको व्यवस्थापन पक्षको समेत ठुलो साथ र सहयोग छ । राष्ट्रिय टिमका सदस्यलाई मासिक करिब एक लाख रुपैयाँ तलब दिएको मनाङले विदेशी खेलाडीमा समेत राम्रो पैसा खर्च गर्छ ।

लिग भनेको लामो समयको प्रतियोगिता हो । टिमको व्यवस्थापन राम्रो हुन सकेन भने खेलको नतिजामा त्यसको प्रत्यक्ष प्रभाव पर्छ । अन्तिम खेलको नतिजालाई छाडेर मनाङले लिग अवधिभर एकैनाशको प्रर्दशन गरेको थियो ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत