राष्ट्रिय ह्याण्डबल मंगलबार
सोमबार, ३० पौष २०७५खेलपाटी संवाददाता

काठमाडौं । नेपाल ह्याण्डबल संघको आयोजनामा माघ १–३ गतेसम्म काठमाडौं कपनस्थित ह्याण्डबल खेल मैदानमा महिला तथा पुरुष खुला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ।
नेपाल ह्याण्डबल संघका वरिष्ठ उपाध्यक्ष एवम प्रतियोगिता संयोजक राम कृष्ण केसीका अनुसार प्रतियोगितामा पुरुष÷महिलातर्फ समान ३ टिमको सहभागिता रहने छ ।
दुवै समूहका विजेतालाई २० हजार र उपविजेतालाई १५ हजार नगद पुरस्कार प्रदान गरिने संघका उपाध्यक्ष एवम आर्थिक संयोजक राजन पोखरेलले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख खर्च लाग्ने उपाध्यक्ष पोखरेलले बताए ।









-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
