एपीएफ विजयी सुरुवात
मंगलबार, ०१ माघ २०७५खेलपाटी संवाददाता

काठमाडौं ।राष्ट्रिय खुला पुरुष तथा महिला ह्यान्डबल प्रतियोगिताको पुरुषतर्फ नेपाल एपीएफ क्लबले मंगलबार विजयी सुरुवात गरेको छ ।
नेपाल ह्यान्डबल संघको आयोजनामा कपनमा भइरहेको प्रतियोगिताअन्तर्गत दिनको एक मात्र खेलमा एपीएफले कपनलाई ५२–२५ ले पराजित गर्यो ।
तीनदिने प्रतियोगिताको ह्यान्डबल संघका पूर्व अध्यक्ष सागर थपलियाले एक कार्यक्रमबीच उद्घाटन गरे ।
प्रतियोगितामा पुरुष÷महिलातर्फ समान ३ टिमको सहभागिता रहने छ ।
दुवै समूहका विजेतालाई २० हजार र उपविजेतालाई १५ हजार नगद पुरस्कार प्रदान गरिने संघका उपाध्यक्ष एवम आर्थिक संयोजक राजन पोखरेलले जानकारी दिए ।









-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
