शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओलम्पिकले नीरज र मानुको ब्रान्ड भ्याल्यू अकासियो, एउटैबाट लिन्छन् करोडौं

बिहिबार, ०६ भाद्र २०८१खेलपाटी संवाददाता
ओलम्पिकले नीरज र मानुको ब्रान्ड भ्याल्यू अकासियो, एउटैबाट लिन्छन् करोडौं
Loading ad...
mustang rice ad

काठमाडौं। पेरिस ओलम्पिक २०२४ मा ज्याभलिन थ्रोमा रजत पदक जितेका नीरज चोपडा र सुटिङमा दुई कांस्यपदक जितेकी मानु भाकरको ‘ब्रान्ड भ्याल्यू’ अकासिएको छ। यी दुईको ब्रान्ड भ्याल्यूले धेरै क्रिकेटरलाई पछाडि पारेको छ।

आर्थिक परामर्शदाता क्रोलका अनुसार नीरजको ब्रान्ड भ्याल्यू दुई करोड ९६ लाख अमेरिकी डलरबाट वृद्धि भएर करिब चार करोड डलर (भारु तीन अर्ब ३० करोड) पुगेको छ, जसको नेपाली रुपैयाँ पाँच अर्ब २८ करोड हुन आउँछ। उनलाई ३२ वटाभन्दा बढी कम्पनीले इन्डोर्समेन्ट (व्यावसायिक प्रवर्द्धनका लागि) सम्झौताको प्रस्ताव गरेका छन्।

टोकियो ओलम्पिक २०२० मा स्वर्णपदक जितेका २६ वर्षीय नीरजको पेरिस ओलम्पिक २०२४ अघिको ब्रान्ड भ्याल्यू भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्डेयको सरह नै थियो। पछिल्लो ओलम्पिकको रजत पदकले भने उनलाई हार्दिकभन्दा महंगा बनाएको छ। उनीभन्दा बढी मूल्यका क्रिकेटरहरू विराट कोहली, महेन्द्रसिंह धोनी, सचिन तेन्दुलकर, रोहित शर्मा हुन्। यसअघि नै उनी ब्याडमिन्टन स्टार पीभी सिन्धु, फुटबल आइकन सुनिल क्षत्रीलाई उछिन्दै भारतमा क्रिकेटरबाहेकका सबभन्दा महंगा खेलाडी भइसकेका थिए।

हाल नीरज अमेरिकी स्पोर्ट्वेयर कम्पनी अन्डर आर्मर, लक्जरी घडी ओमेगा, जिलेट, सामसुङलगायत २१ ब्रान्डसँग आबद्ध छन्। उनी प्रत्येक ब्रान्डबाट वार्षिक भारु तीन करोड (नेपाली रुपैयाँ चार करोड ८० लाख) लिन्छन्, जुन मूल्य पेरिस ओलम्पिकपछि भारु चार करोडदेखि चार करोड ५० लाखसम्म पुगेको छ। यसको मतलब उनको ब्रान्ड भ्याल्यू ४० देखि ५० प्रतिशतले वृद्धि भएको छ।

पेरिसमा सनसनीपूर्ण प्रदर्शन गर्दै दुई कांस्यपदक जितेसँगै अर्को स्पर्धामा चौथो स्थान हासिल गरेकी २२ वर्षीया मानु भाकुरले भर्खरै मात्र पेय पदार्थ उत्पादक थम्सअपसँग भारु एक करोड ५० लाख (नेपाली रुपैयाँ दुई करोड ४० लाख) हस्ताक्षर गरेकी छन्। यसअघि उनको इन्डोर्समेन्ट मूल्य वार्षिक भारु २५ लाख (नेपाली रुपैयाँ ४० लाख) थियो। उनलाई ४० भन्दा बढी कम्पनीले आबद्ध गर्ने प्रस्ताव राखेको बताइएको छ।

मानुको इन्स्टाग्राम फलोअर्स १६ लाख रहेको छ भने नीरजको ९७ लाख। फेसबुक र एक्समा नीरजको १०–१० लाख फलोअर्स छन् भने मानुको फेसबुकमा ६७ हजार एक्समा तीन लाख छन्। मानुले पेरिसमा मिक्स्ड १० मिटर एयर पेस्तोल र महिला १० मिटर एयर पेस्तोलमा कांस्य जितेकी थिइन्। उनी सुटिङमा ओलम्पिक पदक जित्ने पहिलो भारतीय महिला हुन्।

गत वर्षको वर्ल्ड च्याम्पियनसिपमा स्वर्ण जितेका नीरज टोकियो ओलम्पिक २०२० च्याम्पियन हुन्। तर, उनले पेरिसमा उपाधि जोगाउन सकेनन्। ज्याभलिन ८९.४५ मिटर फालेका उनलाई रजतमा सीमित पार्दै पाकिस्तानका आर्शद नदिमले ९२.९७ मिटरको ओलम्पिक रेकर्ड बनाउँदै यसपालि स्वर्णपदक कब्जा गरे। त्यसैले आर्शदले ओलम्पिकमा स्वर्णसहित ५० हजार डलर पुरस्कार पाउँदा नीरज खालि हात स्वदेश फर्किन बाध्य भए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो