उपाधिका लागि सियोन र प्रभात स्कुल भिड्ने
सोमबार, ३१ भाद्र २०८१खेलपाटी संवाददाता

धरान। तेस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपमा सियोन स्कुल र प्रभात इङ्लिस बोर्डिङ स्कुल उपाधिका लागि भिड्ने भएका छन्।
आइतबार वर्षाको कारण धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटबल कोर्टमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा सियोन स्कुलले लोटस इङ्लिस बोर्डिङ स्कुललाई र दोस्रो सेमिफाइनल खेलमा प्रभात स्कुलले दिल्ली पब्लिक स्कुललाई २६–२० अंकको अन्तरले पराजित गर्दै फाइनमा प्रवेश गरेका थिए ।
पहिलो सेमिफाइनल खेलको प्रत्येक क्वाटरमा सियोन स्कुल र लोटस स्कुलले ७–४, ८–२, ७–८ र १०–३ अंक जोडेका थिए। यसैगरी दोस्रो सेमिफाइनल खेलमा प्रभात स्कुल र दिल्लीले प्रत्येक क्वाटरमा ३–७, १०–०, ७–६ र ६– अंक जोडे।










-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)