शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

अन्तर्राष्ट्रिय पदक विजेता भेट्रान धावक सम्मानित

सोमबार, २४ मंसिर २०८१खेलपाटी संवाददाता
अन्तर्राष्ट्रिय पदक विजेता भेट्रान धावक सम्मानित
Loading ad...
mustang rice ad

काठमाडौं। प्रयास मञ्च नेपालले अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सोमबार सम्मान गरेको छ। नोभेम्बर १६ र १७ तारिखमा भारतको पश्चिम बंगालस्थित कुचविहारमा भएको प्रतियोगितामा नेपाली भेट्रान धावकले विभिन्न स्वर्णमा ८ स्वर्ण, ४ रजत र २ कांस्य गरी १४ पदक जितेका थिए।

गीतकार समेत रहेका बुद्धवीर लामाले ६५ वर्षमाथि १० हजार मिटर दौडमा स्वर्ण, धर्म महर्जनले ५०–५५ वर्षको ४ सय, ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण, ६५ वर्षमाथि पुष्पलाल श्रेष्ठले ५ हजार मिटर दौडमा स्वर्ण र १० हजार मिटर दौडमा रजत, ५०–५५ वर्षमा कपिल भट्टले २ सय मिटर दौडमा रजत र ५ हजार मिटर दौडमा कांस्य तथा ४५–५० वर्षमा महेन्द्र वज्राचार्यले १० हजार मिटर दौडमा कांस्य जितेका थिए।

त्यस्तै ४०–४५ वर्षमा राकेश महर्जनले १ हजार ५ सय, ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण तथा ४०–४५ वर्षमा दिनेश महर्जनले ५ हजार र १० हजार मिटर दौडमा रजत पदक प्राप्त गरेका थिए। ४५–५० वर्षको १० हजार मिटर दौडमा सहभागी भइ दौड पूरा गरेका लाक्पा शेर्पा लामा र जहरमान गुरुङलाई पनि सम्मान गरियो।

सोही अवसरमा विश्व प्रहरी संगठनबीच भएको विभिन्न दौड प्रतियोगितामा स्वर्ण जितेका निमेश गुरुङ पनि सम्मानित भए। उनीहरुलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नाइटिङगेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधान र प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्कीले एक कार्यक्रमबीच प्रशंसा पत्रसहित सम्मान गरे।

अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगिताको समापनका अवसरमा आयोजक मास्टर्स गेम एसोसिएसन, बंगाल र कुचविहार मास्टर्स एसोसिएसनले बुद्धवीरलाई ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्ड पनि प्रदान गरिएको प्रयास मञ्च नेपालले जनाएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत