शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन

बुधबार, २७ चैत्र २०८१खेलपाटी संवाददाता
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
Loading ad...
mustang rice ad

चितवन । चितवन महिला मोटर र्याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सम्पन्न भएको छ ।

बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको व्यवस्थापन र नेपाल अटोमोवाइल्स एसोसिएसनको संयोजनमा भएको प्रतियोगितामा चितवनमा पहिलोमा पटक महिला ड्राइभरहरु मात्र सहभागी थिए । 

सोमबार भरतपुरस्थित उद्योग वाणिज्य संघ परिसरबाट प्रारम्भ भएको र्याली पोखरा बसपार्क, पुल्चोक, चौबिसकोठी, मंगलपुर, रामपुर, चनौली, पर्साढाप, मेघौली हुँदै गोलाघाट पुगेको थियो । गोलाघाटको ब्रेक पश्चात बाराही होटल चोक, साना किसान चोक, मेघौली एयरपोर्ट, कसरा चोक, टाउन स्कुल चोक हुँदै रिभर बैंक जंगल रिसोर्टमा पुगेर टीएसडी र्याली समापन भएको थियो । 

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का अध्यक्ष दशरथ रिसाल, एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पिया, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार शाक्य, नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष गोपाल भट्टराई लगायतले फ्ल्याग अफ गरेर शुभारम्भ गरेको सो कार्यक्रमका सबै सहभागीहरुले खुसी व्यक्त गरेका थिए । 

टीएसडी र्याली समापन शत्रमा रिभर बैंक जंगल रिसोर्टमा आयोजित कार्यक्रममा अष्ट्रेलियादेखि लण्डन हुदै नेपालसम्म गाडीमा यात्रा गरेका दिनेश कठायत, स्पेनको भ्यालेन्सियामा सम्पन्न मोटर स्पोर्ट गेम्समा नेपालबाट सहभागी प्रज्ञा कँडेलले आफ्ना अनुभव सुनाएका थिए । महिला सशक्तिकरण, एड्भेञ्चर स्पोर्टस् र ड्राइभ टुरिजम मुख्य थिम रहेको कार्यक्रमको मोडरेटरको रुपमा नेपाल अटोमोवाइल एसोसिएसन टुरिजम कमिसनका संयोजक कमला क्षेत्रीले गरेकी थिईन् ।

र्याली बिसहजारी ताल हुँदै सौराहास्थित चित्रसारी ग्राउण्डमा पुगेको थियो । त्यसै ग्राउण्डमा चितवनकै पहिलो महिला मात्र सहभागी भएको अटोजिमखाना फम्र्याटको रेसिङ्ग सम्पन्न भयो ।

समय, गति र दुरीका आधारमा आयोजना गरिएका र्यार्ली प्रतियोगितामा नैना श्रेष्ठ मास्के र रोमासा शिवाकोटीले पहिलो स्थान हासिल गरे भने शोभा बराइली र रेनु तामाङले दोस्रो तथा चन्दना कोइराला र आशा देवी श्रेष्ठले तेस्रो स्थान हासिल गरे । उनीहरुले ड्राइभर र नेभिगेटरको रुपमा भूमिका निभाएका थिए । 

त्यसैगरी नेपाल अटो जिमखाना प्रतियोगितामा अनिता श्रेष्ठ विजयी बनिन् भने कल्पना पौडेल र सावित्री रेग्मीले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरिन् । 

राष्ट्रिय खेलकुद परिषद, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन अटोमोवाइल डिलर एसोसिएसन, रोटरी क्लव, महिला जेसिस लगायतका संघ–संस्थाहरुको सहयोग रहेको सो दुइदिने कार्यक्रमको सन्दर्भमा मार्सल तथा ड्राइभर ट्रेनिङ्ग भरतपुरमा सम्पन्न गरिएको थियो ।

कार्यक्रम समापनको अवसरमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का अध्यक्ष दशरथ रिसाल, सचिवद्वय दिप्रश शाक्य र सन्तोष प्रसाद न्यौपाने, एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पिया लगायतले विजयी खेलाडीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार लगायत वितरण गरेका थिए भने विभिन्न प्रायोजक कम्पनीहरुले गिफ्ट ह्याम्पर प्रदान गरे । 

बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पियाले सहभागी सबै खेलाडी र कार्यक्रम आयोजना गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत महिला सशक्तिकरण, एड्भेञ्चर स्पोर्टस्, ड्राइभ टुरिजम र रोड सफ्टीका कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे । 

एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले पछिल्लो समय नेपालमा मोटरस्पोर्ट्स समेत लोकप्रिय खेलको रुपमा विकासित बन्दै गैरहेको उल्लेख गर्दै प्रदेश संघको कार्यक्रमले यसमा इट थप्ने काम गरेको बताए ।


 

Loading ad...
LiNing Ad
#चितवन मोटर र्याली

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको