बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
बुधबार, ०४ असार २०८२खेलपाटी संवाददाता
-1750248047.jpeg&w=3840&q=75)
काठमाडौं। नेपालले बिलि जिन किङ कपमा बुधबार लगातार दोस्रो जित हात पारेको छ। समूह ‘बी’ को खेलमा नेपालले कतारलाई ३–० ले पराजित गर्यो।
पहिलो खेलमा नेपालले म्यान्मारलाई २–१ ले हराएको थियो। श्रीलंकाको कोलम्बोमा भइरहेको प्रतियोगिताको पहिलो सिंगल्समा नेपालकी शिभाली गुरुङले दाना खलिफालाई ६–० र ६–२ को सोझो सेटमा पराजित गरिन्। दोस्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले मुबारका अल नाइमीलाई ७–६ र ६–४ ले हराइन्।
डबल्समा नेपालका सुनिरा थापा र स्वस्तिका विष्टको जोडीले हिन्द अल मुदाहका र मुबारकाको जोडीलाई ४–६, ७–५ र ११–९ ले पाखा लगाए।
समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार श्रीलंकासंग खेल्ने छ।







1686853912-1760864621059.avif&w=3840&q=75)

-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
