शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

चिप्लिएको सपना, चुकेको एन्फा !

मंगलबार, ०६ श्रावण २०८२खेलपाटी संवाददाता
चिप्लिएको सपना, चुकेको एन्फा !
Loading ad...
mustang rice ad

काठमाडौं। तीन हप्ता अघिसम्म साफ महिला यु–२० च्याम्पियनसिपको दाबेदार मानिएको नेपाल सोमबार ढाकाको बसुन्धरा किङ्स एरेनाबाट झुकेर फर्कियो।

फाइनलजस्तै रहेको उपाधिनिर्णायक भिडन्तमा नेपाल ४–० ले बंगलादेशसँग पराजित भयो। त्यसअघिका खेलमा गोलको वर्षा गरिरहेको टोली अचानक अनुत्तरित भयो। न गोल आयो, न न जुझारुपन देखियो।

तर, स्कोरबोर्डमा देखिएको त्यो ४–० हारको मात्रै संकेत थिएन। त्यो थियो, ‘भिजन’मा चिप्लिएको एक सपना। खेल सकिएको सिठीपछि पूर्णिमा राईको अनुहारको हाँसोलो हंस छाड्यो।

प्रतियोगिता भरि १० गोल गर्दै उनले ‘गोल्डेन बुट’ हात पारिन्। तर, त्यो अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको लगानीको लाज छोप्न दिइएको उपहारजस्तै देखियो। उनको अनुहारमा त्यो पलको खुसी फिटिक्कै थिएन, आँखामा पीडाको भाव प्रस्ट देखिन्थ्यो।

त्यो पीडा पूर्णिमाको मात्रै थिएन। त्यो त सम्पूर्ण खेलाडीको थियो। मिडफिल्डबाट उनलाई बल सुम्पिन्थिन् सुक्रिया मियाँ, समीक्षा मगर र सेनु परियारले। तर, बंगलादेशसँगको अन्तिम खेलमा ‘अफ द बल मुभमेन्ट’ हराएको जस्तो लाग्थ्यो।

अग्रपंक्तिमा ७ गोल गरेकी मीना देउवा गोल खोजिरहे पनि डिफेन्स चिरेर गोल गर्ने आँट भने देखाउन सकिनन्। खेलको उत्तरार्द्धमा त यति निरीह देखिएको थियो नेपाली खेलाडीले मनोबलम नै गिराइसकेका थिए।

गोलपोस्ट अगाडि उभिएकी सुजता तामाङको अनुहार खासगरी बंगलादेशको तेस्रो गोलपछि अझै नेपाली दर्शकको मानसपटलमा हुनुपर्छ। मध्यभागभन्दा तलबाट आएको बललाई मोसम्मत सागोरिकाले उनको माथिबाट ‘चिप’ गर्दै ह्याट्रिक पूरा गरिन्। ती प्रयासमा उनी असहाय लाग्थे।

विपक्षी बंगलादेशको खेल योजनाबद्ध थियो। सागोरिकाको ह्याट्रिक त्यसको प्रमाण हुन्। नेपाली डिफेन्स लाइनलाई छिन्नभिन्न बनाउन उनीहरूले छोटा पास, पेस परिवर्तन र पोजिसनल ट्याक्टिक्स अपनाए, जुन कुरामा नेपाल त्यत्तिकै कमजोर देखियो।

तीन हप्ता अघिसम्म जुन टोलीलाई फाइनलमा जित्ने प्रत्याशी मानिएको थियो त्यसले सानदार सुरुआत गरेको थियो। पहिलो पाँच खेलमा ३० गोल गरेको थियो। त्यो टोली फाइनलमा गोलरहित मात्र भएन, आत्मबलविहीन देखियो। किन?

अहिलेसम्मको विश्लेषणले देखाउँछ कमजोर लगानी, निर्णायक खेलमा मानसिक तयारीको कमी, रणनीतिक स्थायीत्वको अभाव र डिफेन्स ट्रान्जिसनमा कमजोरी। सायद यही कारण थियो नेपाल उपाधिमा होइन, आत्मविश्लेषणमा फर्किन विवश भयो।

पूर्णिमाको अमिलो अनुहार त्यो रातको हारको मात्र उपज थिएन। त्यो नेपाली महिला फुटबलको दीर्घकालीन कमजोरीहरूको प्रतिबिम्ब थियो। तर, समस्या हारमा होइन, प्रणालीमा देखिन्छ। पूर्णिमाले गोल्डेन बुट जितिन्। तर, उपाधि नेपालको पोल्टामा आउन सकेन। किन? कारण छ– एन्फा अझै पनि महिला फुटबलप्रति उदार हुन सकेको छैन।

साफ यु–२० मा नेपालको अभियानले देखाएको छ हामीसँग प्रतिभा छ, तर संरचना छैन। इच्छा छ, तर बंगलादेशको जस्तो सन् २०१० को दशकको सुरुमा थालिएको बालिका विकास कार्यक्रम, बङ्गमाता गोल्डकपजस्ता देशभरबाट प्रतिभा उत्पादन गर्ने योजना छैन।

गोल गर्ने पूर्णिमा र मीनाजस्तो सशक्त प्रदर्शन गर्ने खेलाडी छ तर एन्फालाई यी खेलाडीमाथि खर्च गर्ने मन छैन। प्रशिक्षणमा पिटर बटललाई जस्तो लगानी। आफ्नो खल्तीबाट प्रशिक्षक चुन्ने र विदेश घुमाउने प्रथाको अझै छ। त्यसले दिने नतिजा यति नै हो।

तर, पूर्णिमाले बोलेको त्यो शब्द– सिक्ने सिक्ने? सधैं सिक्ने मात्र? भोलिका लागि प्रेरणा अवश्य हुन सक्छ। सन् २०३१ को महिला विश्वकप खेल्ने लक्ष्य बुनेको एन्फाका पदाधिकारीले सस्तो सामाजिक सञ्जाल पोस्टभन्दा बढी गम्भीर भएर लगानी गर्नुपर्छ। यस्ता हारहरूले अब आत्ममन्थन गराउनु पर्छ, न कि एन्फाको पेजका पोस्टमा कमेन्ट अफ गरेर लाज छोप्ने। 

बिना लगानी पूर्णिमा र मीनाजस्ता खेलाडीले चमत्कार गरेर उपाधि जिताउँदैनन्। त्यसका लागि अब एन्फाले आफ्नो भूमिकामा चमत्कार गर्नु पर्छ। नत्र नेपालले ल्याउने नतिजा यति मै सीमित हुन्छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत