शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. पारा खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

पलेशाले जितिन् कांस्य

शुक्रबार, १६ श्रावण २०८२खेलपाटी संवाददाता
पलेशाले जितिन् कांस्य
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली खेलाडी पलेशा गोवर्धनले १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा कांस्य पदक जितेकी छन्।

मलेसियाको कुचिङमा शुक्रबार सम्पन्न प्रतियोगिताको सेमिफाइनलमा हार बेहोरेपछि उनले तेस्रो स्थानमा चित्त बुझाउँदै नेपालका लागि पदक सुनिश्चित गरिन्।

गोवर्धनले क्वार्टरफाइनलमा उज्बेकिस्तानकी कामोला जुराबावामाथि पहिलो राउन्डमा १०–६ र दोस्रो राउन्डमा १३–० को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन्।

तर, सेमिफाइनलमा चीनकी ली युजिएसँग ०–४ र ०–१० को स्कोरमा पराजित हुँदै कांस्य पदकमै सन्तोष मान्नुपर्‍यो।

योसँगै पलेशाको अन्तर्राष्ट्रिय पदक संख्या पाँच पुगेको छ। उनले यसअघि युथ एसियन गेम्स र एसियाली पारा ओलम्पिक छनोट प्रतियोगितामा दुई स्वर्ण जितेकी थिइन् भने टोकियो पारा ओलम्पिक २०२४, एसियन गेम्स २०२२ र एसियन प्रतियोगिता २०१८ मा तीन कांस्य जितेकी छन्।

अन्य नेपाली खेलाडीहरूले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन्। भरतसिंह महताले काजाकिस्तानका गिब्रात्झान बाकबर्गविरुद्ध पहिलो राउन्डमा १२–० को सानदार जित निकाले पनि दोस्रो राउन्डमा ७–१० ले पराजित भए।

अमिर ब्लोनले ताइवानका चेन चिएन च्याङसँग ६–८, ५–४, र ६–१० को प्रतिस्पर्धात्मक हार बेहोरे। कमला प्रसाई उज्बेकिस्तानकी इसोमिद्दिनोवासँग दुवै राउन्डमा ०–१२ र ०–१३ को हारका साथ प्रतियोगिताबाट बाहिरिइन्।

रेनु तामाङले भने भारतकी लक्ष्मी राडारत्तीसँग पहिलो राउन्डमा १२–६ को जित निकालिन्। तर, बाँकी दुई राउन्ड १९–२३ र १२–२४ ले हारिन्।

प्रशिक्षक कविराज नेगी लामाको प्रशिक्षणमा नेपाली टोलीले अहिलेसम्म विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा १२ पदक जितेको छ, जसमा ३ स्वर्ण, २ रजत र ७ कांस्य पदक रहेका छन्। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पारा एथेटिक्स टोली भारत प्रस्थान

पारा एथेटिक्स टोली भारत प्रस्थान

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत