बिहिबार, २५ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

आठौं रिएले कप : ड्राफ्टबाट १२० खेलाडी छनोट

शनिबार, २४ श्रावण २०८२खेलपाटी संवाददाता
आठौं रिएले कप : ड्राफ्टबाट १२० खेलाडी छनोट
Classic Tech Internet Ad

काठमाडौं। आठौं रिएले कप– रिएले समर लिग २०२५ को ड्राफ्टबाट १२० खेलाडी छनोट भएका छन्। 

भक्तपुरको मध्यपुर ठिमी, बोडेस्थित रिएले ग्राउन्डमा शनिबार सम्पन्न ड्राफ्टबाट यु–१०, यु–१२ र यु–१४ उमेर समूहका गरी १२० खेलाडी (ब्वाइज र गर्ल्स) छनोट भएका हुन्।

आयोजक एफसी रिएलेका अनुसार कुल खेलाडी संख्याको ३० प्रतिशत स्थान निम्न आय वर्गका प्रतिभाशाली बालबालिकाका लागि आरक्षित गरिएको छ।

ड्राफ्टमार्फत सहभागी खेलाडीलाई नरसिंह, पुलुकीशी, भैरव, लाखे र कुमारी गरी पाँच आन्तरिक टिममा विभाजन गरिएको छ। हरेक टिममा तीनै उमेर समूहका टिम रहनेछन्। खेलहरू ६ भर्सेस ६ स्वरूपमा राउन्ड–रोबिनका आधारमा हुनेछ। 

लिगका उत्कृष्ट खेलाडी, गोलकिपर, उच्च गोलकर्ता र हरेक खेलका उत्कृष्ट खेलाडीलाई ट्रफी दिइने छ। सबै खेल बोडेस्थित रिएले ग्राउन्डमै हुनेछन्। टिमहरूले प्रशिक्षण लिनेछन् भने लिग खेलहरू हरेक शनिबार आयोजना हुनेछन्। कार्यक्रम चार हप्तासम्म चल्नेछ।

लिगको सुरुआत साउन ३१ बाट हुनेछ। उद्घाटन समारोहमा स्थानीय पूर्व र सिनियर खेलाडीबीचको मैत्रीपूर्ण खेल हुनेछ। एफसी रिएले जापानको गैर–नाफामूलक संस्था रिएले वर्ल्ड अन्तर्गतको परियोजना हो।

यसले फुटबलमार्फत बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा काम गर्दै आएको छ। क्लबको पुरुष टिम सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा सहभागी हुँदै आएको छ भने महिला टिमले पहिलोपटक एन्फा महिला लिग छनोटमा सहभागी हुने लक्ष्य राखेको छ।

रिएले कप क्लबको युवा विकास कार्यक्रम अन्तर्गत हरेक वर्ष दुईपटक सञ्चालन हुन्छ। समर लिगमा व्यक्तिगत रूपमा दर्ता भएका खेलाडीलाई आन्तरिक ड्राफ्टमार्फत टिममा विभाजन गरिन्छ भने विन्टर लिगमा विभिन्न एकेडेमी, विद्यालय र बाह्य टिमबीच प्रतिस्पर्धा गराइन्छ। 

यस पहलले उपेक्षित ग्रासरुट र युवा फुटबललाई पुनर्जीवित गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यस लिगलाई राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ र ‘ए’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता सन्तोष साहुखलजस्ता खेलाडीहरूले पनि सहयोग गर्दै आएका छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

Bajaj Pulsar Motorcycle Ad
जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने