पलेशा र नेगी सम्मानित

काठमाडौं। १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी४), मलेसिया कुचिङमा विजेता खेलाडी पाराओम्पिक पलेशा गोर्वधन र प्रशिक्षक कविराज नेगी लामालाई राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय युवा तथा खेलकुद विभागले सम्मान गरेको छ।
अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा आयोजना गरिएको फ्यूचर लिडर्स समिट २०२५ को अवसरमा रास्वपाको केन्द्रीय युवा तथा खेलकुद विभागका प्रमुख तोसिमा कार्की र नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा विभागका सदस्य हरिश्वर पोखरेलले पलेशा गोवर्धन र कविराज नेगीलाई सम्मान गरेको हो।
पलेशाले पेरिस २०२४ पाराओलम्कि गेम्स र हान्जाउ एसियन पारा गेम्समा एतिहासिक पदक जितेका थिए। यो पदकसहित पलेशाको कुल ६ वटा अन्तर्राष्ट्रिय अफिसियल मेडल प्राप्त भएको छ, जसमा २ स्वर्ण र ४ कास्य पदक रहेको छ।
सन् २०१५ देखि स्वयंम सेवक प्रशिक्षक लामा अन्तर्राष्ट्रिय लेवल २ प्रशिक्षक हुन्। पलेशा २०१६ देखि लामासँगै प्रशिक्षण गरिरहेको छ। लामाको प्रशिक्षणमा हाल सम्म १२ वटा अन्तर्राष्ट्रिय अफिसियल पदक नेपालले जितेको छ। यसमा एसियन च्याम्पियनसिपदेखि वर्ल्स च्याम्पियनसिप र एसियन पारा गेम्सदेखि पाराओलम्पिकसम्मको पदक छ।










-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
