शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाल भर्सेस भारत : प्रतिष्ठा जोगाउने खेल

सोमबार, १० कार्तिक २०८२खेलपाटी संवाददाता
नेपाल भर्सेस भारत : प्रतिष्ठा जोगाउने खेल
Loading ad...
mustang rice ad

काठमाडौं। इरानविरुद्धको निराशाजनक हारले झट्कामा रहेको नेपाल महिला फुटबल टोली सोमबार शिलोङको जवाहरलाल नेहरू रंगशालामा भारतविरुद्धको खेलका लागि अन्तिम तयारीमा जुटेको छ।

त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिताको अन्तिम खेल जितका लागि मात्र होइन, आत्मविश्वास र दक्षिण एशियाली फुटबलमा आफ्नो दबदबा पुनःस्थापित गर्ने अवसरका रूपमा पनि हेरिएको छ।

गत शुक्रबार इरानसँग ३–० को हार बेहोरेको नेपालका लागि यो खेल ‘कमब्याक’ गर्ने मौका हो। त्यस खेलमा दोस्रो हाफको सुरुआती १२ मिनेटको अन्तरमा तीन गोल खानु नेपालको ठूलो गल्ती सावित भएको थियो। उक्त हारपछि प्रशिक्षक नवीन न्यौपानेले टोलीको रक्षात्मक संरचना र फिनिसिङमा सुधारमा जोड दिएका छन्। त्यसैले योपल्ट त्यो गल्ती नदोहोर्‍याउने लक्ष्यसहित उनले भारतविरुद्ध खेल्न टोली तयार पारेका छन्।

‘भारतविरुद्धको खेल सधैं चुनौतीपूर्ण हुन्छ। उनीहरू शारीरिक रूपमा बलिया छन् र खेल योजनाबद्ध रूपमा खेल्छन्,’ प्रशिक्षक न्यौपानेले प्रशिक्षणपछि भने,‘तर, हाम्रो टोली तयार छ। थकान छ तर उत्साह अझ बढी छ। हामी ९० मिनेटसम्म आक्रामक र सन्तुलित फुटबल खेल्नेछौं।’

नेपाल र भारत अहिलेसम्म १८ खेलमा एकअर्कासँग भिडेका छन्। तर, जितको नतिजा हेर्ने हो भने नेपालले २ खेल मात्रै आफ्नो पक्षमा पार्न सकेको छ। तर, यो जब्बर टोलीले पछिल्लो केही वर्षमा भारतसँग प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दै आएको छ।

२०१९ को दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ) को फाइनलमा भारतसँग ३–१ को हार बेहोरेको नेपालले त्यसपछि जित्न दिएको छैन।

नेपालले यो विपक्षीविरुद्ध २०२२ को साफको सेमिफाइनलमा पहिलो जित हात पारेको थियो। उक्त खेलमा रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो। त्यसको दुई वर्षपछि घरेलु मैदानमै भएको अर्को प्रतियोगितामा भने रोमाञ्चक रह्यो। रेफ्रीको विवादस्पक निर्णय र सावित्रा भण्डारी ‘साम्बा’ले ६६औं मिनेटमा गरेको गोलले खेल टाइब्रेकरसम्म धकेलियो।

वैकल्पिक खेलाडी अञ्जना रानामगरले दुई उत्कृष्ट बचाउ गर्दै नेपालले भारतलाई पुन: सेमिफाइनलमै निराश पारेको थियो। यसपटक पनि सबैको नजर नेपालको ‘सुपर स्ट्राइकर’ सवित्रामाथि हुनेछ। उनले नेपाली टोलीबाट ६६ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छन्। उनको तीव्र गति र सटिक फिनिसिङले नै नेपालको जितको सम्भावना बढाउने गर्दछ।

इरानविरुद्धको खेलपछि टोलीले छोटो समयमै रणनीति पुनर्संरचना गरेको प्रशिक्षक न्यौपानेले बताए। ‘हामीले बल पोजेसन र पासको प्रवाहमा ध्यान दिएका छौं। भारतविरुद्ध खेल्दा बल नियन्त्रण र ट्रान्जिसनमा सुधार गर्नुपर्छ। त्यसका लागि मिडफिल्डमा तालमेल र तीव्रता बढाइएको छ,’ उनले भने।

अर्कोतर्फ भारतका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीले पनि यो खेललाई पुनरागमनको मौका मानेका छन्। उनले इरानसँग २–० को हारपछि टिममा केही युवा खेलाडीलाई मौका दिने योजना बनाएका छन्। तीमध्ये मिडफिल्डर जुलन नोंगमैथेम मुख्य हुन्। उनले आफ्नो कप्तानीमा यू–१७ टोलीलाई एएफसी महिला एसियन कपमा पुर्‍याएकी थिइन्। तर, स्टार फरवार्ड मनिषा कल्याण विरामी हुँदा फेरि पनि बाहिर रहने भएकी छन्।

छेत्रीले आइतबारको पत्रकार सम्मेलनमा भने,‘इरानविरुद्ध हामीले खेलको नियन्त्रण गुमायौं, त्यसबाट सिकेका छौं। नेपाल फरक प्रकारको टोली हो। फुर्तिलो र आक्रामक छ। त्यसैले हामी बल पोजेसनमा सुधार गर्दै छोटा पास र लयमा ध्यान दिनेछौं।’

उनले विशेष त सावित्राबाट सजग हुनुपर्ने बताए। अहिलेसम्म भारतविरुद्ध भएका १२ मध्ये ८ गोल सावित्रा एक्लै गरेको उनले सम्झना दिलाए। त्यसैले उनी हदभन्दा बढी संयमितता देखाउँछन्। ‘नेपालसँग सवित्राजस्ता खेलाडी छन्, जसले काउन्टर अट्याकमा खेलको दिशै बदल्न सक्छिन्। हामीलाई त्यसमा सावधानी अपनाउनुपर्छ।’

दुवै टोलीका लागि सोमबारको खेल मैत्रीपूर्ण मात्र होइन, दक्षिण एशियाली महिला फुटबलमा आफ्नो हैसियत देखाउने मञ्च पनि हो। नेपालले यदि भारतलाई हराउन सक्यो भने त्यो प्रतिष्ठाको जित बन्नेछ। भारतले पछिल्ला दुई हारको बदला लिन सके आगामी एएफसी महिला एसियन कप २०२६ का लागि मनोबल पुनःनिर्माण गर्ने ऐतिहासिक क्षण हुनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

एरेनाको डेब्यु, टोलीमा नयाँ प्रयोग

एरेनाको डेब्यु, टोलीमा नयाँ प्रयोग

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको