शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

आइतबार, २३ कार्तिक २०८२खेलपाटी संवाददाता
दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती
Loading ad...
mustang rice ad

काठमाडौं। जेन जी विद्रोहको बलमा घरेलु खेलकुदको सत्ता सम्हाल्न आइपुगेका बब लु गुप्ताले सुरुवातमै कठिन काम रोजेका छन्, दशौं राष्ट्रिय खेलकुदको आयोजना गर्ने।

राजनीतिक दाउपेच र तत्कालीन सरकारको असक्षमताले पटक पटक सर्दै आएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई यस वर्ष आयोजना गर्ने नयाँ खेलकुद मन्त्रीले आफ्नो मुख्य कार्यभार बनाएका छन्।

मन्त्रालय सम्हालेको पहिलो हप्तामै राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक बोलाएर मन्त्री गुप्ताले दशौं राष्ट्रिय खेलकुदको मिति घोषणा गरेका छन्, फागुन १ गतेदेखि ७ गतेसम्म।

तर, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै आयोजना हुने विषयमा स्वयम राखेपकै पदाधिकारीहरू निश्चित छैनन्। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति यसभन्दा अघि समेत तीन पटक घोषणा भएर स्थगित गरिएको तितो यथार्थ खेलकुदसँग छ।

खेल्नका लागिनै खेलाडीले संघर्ष गर्नुपर्ने विडम्बनाको एउटा नमिठो उदाहरण बनेको दशौं राष्ट्रिय खेलकुदको आयोजना गर्न चुनौतीका चाङ छन्। तिनै चुनौतीका ५ कारणलाई यहाँ प्रस्तुत गरिएको छ।

प्रदेशको उदासीनता

दशौं राष्ट्रिय खेलकुदको आयोजक प्रदेश हो, कर्णाली। तर प्रतियोगिता आयोजनामा प्रदेश सरकार साह्रै उदासीन देखिन्छ। मन्त्रालय सम्हालेको हप्ता नै नयाँ खेलकुद मन्त्री गुप्ताले कर्णाली प्रदेशका मुख्यमन्त्रीसँग काठमाडौं आएको समय भेट्न चाहेका थिए।

तर, मुख्यमन्त्री यमलाल कँडेलले समय दिएनन्। दशौंको लागि भन्दै कर्णाली प्रदेशले साढे ३ अर्ब खर्च गरेर खेलकुद पूर्वाधार निर्माण गरेको छ। तर, संघीय सरकारले कर्णाली प्रदेशको खेलकुद पूर्वाधारमा लगानी नगरेको भन्दै प्रदेश सरकार रुष्ट छ। सोही कारण उसले संघीय सरकारको कार्यक्रमलाई प्रदेशमा आयोजना गर्न दिन सजिलो मानेको छैन। अझ विद्रोहबाट आएका जेन जी मन्त्रीलाई प्रदेशमा स्वागत गर्न एमालेका प्रदेश सरकारका प्रमुख तयार देखिँदैनन्।

सदस्य सचिवको अन्यौलता

खेलकुदको कार्यकारी निकाय राखेका प्रमुखमा छन्, सदस्य सचिव टंकलाल घिसिङ। उनको चार वर्षको कार्यकाल सकिन अब तीन हप्ता पनि बाँकी छैन। दशौं राष्ट्रिय खेलकुद सञ्चालन गर्ने निकायको प्रमुख नै तीन हप्तापछि नेतृत्वविहीन हुने अवस्थामा करिब सय दिनको काउन्ट डाउन सहित सुरु भएको राष्ट्रिय खेलकुद हुनेमा सन्देह छ।

नागरिक सरकारबाट आएका जेन जी मन्त्रीले दलीय तन्त्रले ध्वस्त बनेको खेलकुदको कार्यकारी प्रमुखमा कस्तो व्यक्ति ल्याउँछन् भन्ने विषय पनि प्रतीक्षाको विषय छ। तीन हप्तापछि हुने सदस्य सचिवको रिक्त अवस्थामा दशौंको तयारी अघि बढाउने चुनौती नयाँ खेलकुद मन्त्रीसँग छ।

असहयोगको कोसिस

खेलकुदको सर्वोच्च निकाय राखेपको बोर्ड कांग्रेस–एमाले सरकारले नियुक्त गरेका नेता कार्यकर्ताले भरिएको छ। जसका नेता विरुद्ध विद्रोह गरेर सत्ता सम्हाल्न पुगेको छ, उहीसँग बसेर खेलकुद चलाउनुपर्ने र दशौं गर्नुपर्ने चुनौती नयाँ खेलकुद मन्त्रीसँग छ। राखेपको बोर्ड बैठकमा समेत त्यसको छनक देखियो। खेलकुदमा एमाले–कांग्रेसका बोर्ड सदस्यहरूको घेराबन्दीमा जेन जी मन्त्री परिसकेका छन्।

अब कसरी हुन्छ हेरौला भन्ने सोच केही पदाधिकारीमा देखिन्छ। फागुनमा घोषणा गरिएको दशौं राष्ट्रिय खेलकुदलाई असफल बनाउने कसरत राखेपभित्रबाटै सुरु भइसकेको छ। सोही अनुसारको संवाद, छलफल, परामर्श राखेप र छेउछाउमा सुनिन्छ।

भूगोलको असहजता

कर्णालीमा दशौं राष्ट्रिय खेलकुद आयोजना गर्ने त भनिएको छ तर कर्णालीको भूगोलमा राष्ट्रिय खेलकुद जस्तो ठुलो खेल महोत्सव सञ्चालन गर्न समस्याका चाङ छन्। सिंगो प्रदेश अहिले छिन छिनमा कटौती हुने विद्युत् सेवासँग जुधिरहेको छ।

भौगोलिक र पूर्वाधार सेवा सुविधाले निकै पछि रहेको कर्णालीमा खेलकुद पूर्वाधार बाहेक पनि प्रतियोगिता आयोजनाको व्यवस्थापनमा स्रोत साधन जुटाउन कठिन छ। एकै पटक कर्णालीमा दसौं हजार सहभागीलाई व्यवस्थापन गर्न नै समस्या पर्ने गाह्रो एकातिर छ। विद्युत् आपूर्ति नभएर खेलाडीलाई पानी खानै पनि समस्या पर्ने प्रतिवेदन उपाध्यक्षले मन्त्रालयमै पेस गरेका थिए।

प्रभावित बनेको खेल गतिविधि

जेन जी विद्रोहको आर्थिक, सामाजिक र राजनीतिक आयामबारे चर्चा परिचर्चा भइरहँदा खेलकुद क्षेत्र यो बहसबाट छुटेको छ। जेन जी विद्रोहले प्रभावित बनेको एउटा महत्त्वपूर्ण क्षेत्र मध्य खेलकुद एक हो। विद्रोह र त्यसपछिको देशको अवस्थाले अरू क्षेत्र जस्तै खेलकुद क्षेत्र पनि चलायमान बन्न सकेको छैन। ठुला ठुला प्रतियोगिता स्थगित छन्। खेल संघले कार्यक्रम गर्न सकेका छैनन्।

सरकार र निजी क्षेत्रको सहयोगबाट सञ्चालन हुने प्रतियोगिता ठप्प प्राय छन्। प्रतियोगिता सञ्चालनका लागि आर्थिक स्रोत चाहिन्छ, आजको अवस्थामा प्रायोजक खोजेर कार्यक्रम गर्ने हिम्मत खेल संघ र आयोजकले जुटाउन सकेका छैनन्। खेलकुद गतिविधि नै रोकिए जस्तो अवस्थामा नगर, जिल्ला छनोटबाट सुरु हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको लहरबाट नयाँ खेलाडी र प्रतिभा आउने सम्भावना निकै कम देखिन्छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको