सिद्धार्थ र कुन्वरवर्तीको फराकिलो जित
आइतबार, ३० कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। रुपन्देहीमा जारी यू–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिता २०२५ अन्तर्गत गर्ल्स र बोइज दुवै समूहका खेल सम्पन्न भएका छन्।
गर्ल्सतर्फको पहिलो खेलमा स्कलर्स होम बोर्डिङ्ग, बुटवलले कुन्वरवर्ती ई.बी. स्कुललाई २–१ ले पराजित गर्दै प्रतियोगितामा सफल सुरुआत गरेको छ। दोस्रो खेलमा सिद्धार्थ बोर्डिङ्ग स्कुले उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी वर्ल्ड स्कुलमाथि एकतर्फी ८–० को जित हात पारेको छ।
त्यसैगरी, आजै सम्पन्न अर्को खेलमा न्यू होराइजन ई.बी. स्कुले बुटवल पब्लिक स्कुललाई ३–० को सहज जितसँगै पछि पार्न सफल भयो।
गर्ल्सतर्फ कुन्वरवर्ती स्कुल र शान्ति नमूना माध्यमिक स्कुलबीचको खेलमा कुल १० गोल भएका थिए। उक्त खेलमा कुन्वरवर्तीले ७–३ को फराकिलो जित दर्ता गर्यो। सोही समूहको अर्को खेलमा लुम्बिनी वर्ल्ड स्कुले अक्सफोर्ड हाई स्कूललाई ६–० ले पराजित गरेको छ।









-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
