सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा
-1763569877271.jpg&w=3840&q=75)
बुटवल। न्यु होराइजन इङ्लिस बोर्डिङ स्कूललाई ६–० गोलअन्तरले पराजित गर्दै सिद्धार्थ इङ्लिस बोर्डिङ स्कूल रुपन्देहीमा जारी यु–१४ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
गर्ल्सतर्फ सिद्धार्थले तीनमध्ये दुई खेल जित हासिल गरिसकेको छ। बाँकी खेलमा वाकओभर पाउने भएपछि समूह विजेताको रूपमा फाइनल यात्रा सुनिश्चित भएको हो।
शान्ति नमुना मा.वि. र अक्सफोर्ड इङ्लिस बोर्डिङ स्कूल बीचको खेलमा शान्ति नमुनाले ४–१ को फराकिलो जित हात पारेको छ। त्यस्तै बोइजतर्फ ग्रीन प्लान्ट बोर्डिङ स्कूल ले होराइजन जी.बी.एसलाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको छ।
गर्ल्सतर्फ नविन मा.विले जनज्योति सेकेण्डरी स्कूलविरुद्ध वाकओभर पाउँदै सहज तीन अंक हासिल गरेको छ। तर बोइतजर्फ नविन मा.विले ग्यालेक्सी बोर्डिङ स्कूलसँग २–१ ले हार बेहोर्नुपर्यो।
अर्को रोचक खेलमा ब्राइट स्टार इङ्लिस बोर्डिङ र कान्ति सेकन्डरी स्कूल (बालक) बीचको प्रतिस्पर्धा १–१ गोलको बराबरीमा टुंगिएको छ।









-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
