दृष्टिविहीन महिला टोलीलाई क्यानको १० लाख रूपैयाँ सहयोग
मंगलबार, ०९ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) नेपाल दृष्टिविहीन महिला क्रिकेट टोलीलाई सम्मान गरेको छ।
भारत र श्रीलंकामा भएको पहिलो संस्करणको टी-२० दृष्टिविहीन महिला विश्वकपमा नेपाल उपविजेता बनेको थियो। नेपाल फाइनलमा भारतसँग ७ विकेटले पराजित भएको हो।
टोली सोमबार मात्र स्वदेश फर्किएको हो। लगत्तै क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) भइरहेको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्मान गरेको सम्मान गर्दै क्रिकेट एसोसिएसन अफ ब्लाइन्डलाई दश लाख नगद सहयोग गरेको हो।










-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
