नेपाल आदर्श र राधा सेकन्डरीको विजयी सुरुआत

तनहुँ। एनपीस यु–१६ अन्तरविद्यालय फुटबल प्रतियोगितामा नेपाल आदर्श सेकन्डरी स्कुल र राधा सेकन्डरी स्कुलले विजयी सुरुआत गरेका छन्।
पहिलो खेलमा नेपाल आदर्श र पन्चमुनि देव सेकेन्डरी स्कुलबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो।
टाईब्रेकरमा नेपाल आदर्शले ३–२ ले पन्चमुनिलाई पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गर्यो।
आदर्शका विशाल थापामगर, विधान थापा र अमन गुरुङले पेनाल्टी गोल गरे। साहिल पुन मगर र सिद्धार्थ गुरुङ निर्णायक क्षणमा चुक्न पुगे।
पन्चमुनिका तर्फबाट कृष्ण मगर र दोलखबहादुर आलेले गोल गरे। सनज रानामगर, अंकित तामाङ र सुदीप थापाको प्रहार असफल रह्यो।
दोस्रो खेलमा राधाले सुर्योदय इङ्लिस बोर्डिङ स्कुललाई ५–० ले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गर्यो। राधाकाअल्विन श्रेष्ठले दुई गोल गरे भने सुसान रानाभाट, एमडी बराल र आशिष कुमालले एक–एक गोल थपे।
नेपाल पुलिस स्कुल बेलचौताराको आयोजनामा सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता छ।
प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन्।









%20(1)-1765373001252.jpeg&w=3840&q=75)
-1765371080838.jpg&w=3840&q=75)
-1765366825175.jpeg&w=3840&q=75)



