क्वार्टरफाइनलमा हेल्प नेपाल र बूढानिलकण्ठ भिड्ने

काठमाडौं। बूढानिलकण्ठ भलिबल क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा साबिक विजेता हेल्प नेपालसँग खेल्ने भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न समूह ‘सी’ को खेलमा बूढानिलकण्ठले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको हो।
योसँगै बूढानिलकण्ठ समूहको उपविजेता बन्यो। बूढानिलकण्ठ पहिलो खेलमा रुकुम पश्चिमसँग पराजित भएको थियो।
रुकुम समूह विजेता बन्दै अन्तिम ८ मा पुग्दा जावलाखेल भने बाहिरिएको छ। उता शतप्रतिशत जित निकालेको हेल्प नेपाल भने समूह ‘ए’को विजेता हो।
बूढानिलकण्ठले पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेट २५–१६ ले जिते पनि तेस्रो सेट १८–२५ ले गुमायो। तर, चौथो सेटमा पुनरागमन गर्दै २५–२२ को संघर्षपूर्ण जित निकाल्न सफल रह्यो।
बूढानिलकण्ठलाई पुनरागमन गराएका कप्तान धिरोजकाजी बस्नेत ‘प्लेअर अफ दी म्याच’ घोषित भए।






-1773230362276.jpg&w=3840&q=75)









