घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

हिमालयन मनोज, लमजुङ। घनपोखरा युवा क्लब ब्ल्यु, अरुण मेमोरियल र खसुर ४४औं नासरकों बजार, घनपोखरा कप नाइन ‘ए’ साइड लमजुङ जिल्ला फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
श्री घनपोखरा युवा क्लब, मर्स्याङ्दी–१ लमजुङमा बिहीबार सम्पन्न खेलमा यी तीन क्लब विजयी भएका हुन्।
घनपोखरी युवा क्लब ब्ल्युले घनपोखरी युवा क्लब भेट्रान्सलाई ६–० ले पाखा लगायो। ब्ल्युको जितमा राजन गुरुङ एक्लैले ५ गोल गरे। मनोज गुरुङले एक गोल थपे।
अर्को खेलमा अरुणले घनपोखरी युवा क्लब ह्वाइटलाई ६–० को एकतर्फ जित हासिल गर्यो। ह्वाइटको जितमा हेमन गुरुङले ५ र उपेन गुरुङले एक गोल गरे।
अर्को खेलमा खसुरले घनपोखरी युवा क्लब रेडलाई ३–० को जित निकाल्यो। खसुरको जितमा सेकेन्द्र गुरुङले दुई तथा प्रविण विकले एक गोल गरे।
भेट्रानतर्फ भीम्दाबेसी घनपोखरी युवा क्लब भेट्रान्सलाई २–० ले हरायो। टोलीको जितमा दुवै गोल आशिष तामाङले गरे। अर्को खेलमा मकैडाँडा युथ क्लबले टाइब्रेकरमा पवित्रा युथ क्लबलाई ४–० ले पाखा लगायो।
यी दुईबीचको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो।











-1776324756993.png&w=3840&q=75)