तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन
शुक्रबार, ११ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। तार्केश्वर नगरपालिका १५औं राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता–२०८३ मा लगातार तेस्रो पटक च्याम्पियन बनेको छ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा ४४ स्वर्ण, २४ कास्य र १३ रजत पदकसहित तार्केश्वर च्याम्पियन बनेको हो।
प्रतियोगितामा ६ खेल समावेश थिए। तार्केश्वरले एथलेटिक्समा २४ स्वर्ण, भलिबलमा १ स्वर्ण, कबड्डीमा १ स्वर्ण, उसुमा ९ स्वर्ण, तेक्वान्दोमा ६ स्वर्ण र करातेमा ३ स्वर्ण जित्यो।
चन्दागिरी नगरपालिका ६ स्वर्ण, ३० रजत र २० कांस्यसाथ दोस्रो तथा नागर्जुन नगरपालिका ५ स्वर्ण, ८ रजत र १६ कांस्य तेस्रो बने।






-1776413815066.jpeg&w=3840&q=75)








