जुडो खेलाडी सोनिया हङकङ जादै
बुधबार, २७ असार २०७५खेलपाटी संवाददाता

काठमाडौं । अर्जेन्टिनामा आयोजना हुने युथ ओलम्पिक खेलमा सहभागी हुने जुडो खेलाडी सोनिया भट्ट आइजेएफ बरीयताको लागि बिहिबार हङकङ जाने भएकी छिन् ।
हङकङमा आयोजना हुने एसिया कप क्याडेट र जुनियर च्याम्पियनसिपमा सोनियाले ४४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् । च्याम्पियनसिप जुलाई ११ देखि १५ सम्म आयोजना हुनेछ ।
यस्तै सोनियाले मकाउमा जुलाई २० देखि २२ सम्म आयोजना हुने एसियन कप क्याडेट र जुनियर च्याम्पियनसिपमा समेत सहभागी हुनेछन् ।
सोनियासंगै प्रशिक्षकको रुपमा न्यू होराइजन जुडो क्लबकी प्रशिक्षक सुनिता मगर ताम्राकार पनि त्यसतर्फ जानेछिन् ।







-1748333590.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)