जुडोमा सोनियाले रचिन् इतिहास
बिहिबार, ३० आश्विन २०७६खेलपाटी संवाददाता

काठमाडौं । विश्व जुडो च्याम्पियनसिपमा नेपालकी जुडो खेलाडी सोनिया भट्टले इतिहास रचेकी छिन् ।
मोरक्कोमा जारी च्याम्पियनसिपमा बुधबार एक बाउट जित्दै सोनियाले इतिहास रचेकी हुन् । सोनियाले ४८ केजीमुनि तौलसमूहमा मोजाम्बिकी खेलाडी मुनिमी जेनीलाई बाजारी आवासोती इप्पोनको आधारमा पराजित गरिन् ।
मोजाम्बिककी खेलाडीलाई हराएसँगै सोनिया विश्व च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी बनिन् ।
दोस्रो बाउटमा भने सोनिया जापानकी खेलाडी वातानाबे आइकोसँग पराजित भएकी थिइन । उनलाई हराउने जापानकी खेलाडी पाचौँ स्थानमा रहिन् ।
अर्का नेपाली खेलाडी मनिता श्रेष्ठ प्रधान भने पहिलो खेलमै पराजित भईन् । ५६ केजीमुनि मनिता ब्राजिलका भिटोरियासँग बाजारीको आधारमा पराजित भईन् । मनिताको तौलमा विभिन्न देशका ४२ जना खेलाडी सहभागि थिए ।







-1748333590.jpeg&w=3840&q=75)


-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
