२०२३ पारा–एथलेटिक्स च्याम्पियनसिप पेरिसमा
शुक्रबार, २४ मंसिर २०७८खेलपाटी संवाददाता

काठमाडौं । फ्रान्सले २०२३ विश्व पारा–एथलेटिक्स च्याम्पियनसिप पेरिसमा २०२३ को जुलाईमा गर्ने भएको छ ।
सन् २०२४ मा हुने पेरिस पारा–ओलम्पिक गेम्सको एक वर्ष अगाडी च्याम्पियनसिप आयोजना गर्ने भएको हो ।
पेरिसले पहिलो पटक पारा–एथलेटिक्स च्याम्पियनसिप आयोजना गर्न लागेको हो ।
११ औं संस्करणको च्याम्पियनसिप चार्लेटी स्टेडियममा हुनेछ ।
फ्रान्सले सन् २००२ मा लिल÷भिलेन्यूभ डि‘आस्क र सन् २०१३ मा लायनमा च्याम्पियनसिपको आयोजना गरेको थियो ।
नवौं संस्करण भने सन् २०१९ युनाईटेड अरब इमिरेट्सको दुबईमा भएको थियो ।
च्याम्पियनसिपको १० औं संस्करण जापानको कोबेमा २०२२ को अगस्ट २६ देखि सेप्टेम्बर ४ सम्म हुनेछ ।
विश्व पारा–एथलेटिक्स






-1765539955299.jpeg&w=3840&q=75)





-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)