पारा खेलाडीलाई प्रमाण पत्र
सोमबार, ०२ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । सात पारा तेक्वान्दो खेलाडीलाई कुकिवनबाट प्राप्त डानको प्रमाण पत्र सोमबार प्रदान गरिएको छ । चार खेलाडीलाई दोश्रो डान तथा ३ खेलाडीलाई पहिलो डानको प्रमाण पत्र प्रदान गरियो ।
दोश्रो डानको प्रमाण पत्र पाउनेमा पारा ओलम्पियन पलेशा गोबद्र्धन, रञ्जना धामी, रामबहादुर अधिकारी र दीपेश महत रहेका छन् । पहिलो डानको प्रमाण पत्र पाउनेमा विशाल गर्बुजा, लोकराज शाही र सिर्जना घिसिङ छन् ।
अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले खेलाडीलाई प्रमाण पत्र प्रदान गर्दै पदोन्नती भएको बधाइ दिए ।

पारा खेलाडीलाई प्रमाण पत्र






-1765539955299.jpeg&w=3840&q=75)





-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)