धावक कृष्णले विश्व च्याम्पियनसिप खेल्ने
सोमबार, २७ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । विश्व एथलेटिक्स च्याम्पियनसिपमा धावक कृष्ण बस्नेतले प्रतिस्पर्धा गर्ने भएका छन् ।
जुलाई १५ देखि २४ तारिखसम्म अमेरिकाको पोर्टल्यान्डमा हुने प्रतियोगिताको म्याराथनमा कृष्णले प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघले जनाएको छ ।
कृष्णसहित ३ सदस्यीय नेपाली टोली मंगलबार पोर्टल्यान्ड प्रस्थान गर्नेछन् । व्यवस्थापकमा नेपाल एथलेटिक्स संघका महासचिव धनवीर चौधरी तथा अफिसियलमा सचिव आरके विष्ट रहेका छन् ।
टोलीलाई एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
धावक कृष्णले विश्व च्याम्पियनसिप खेल्ने






-1765118145135.jpg&w=3840&q=75)


-1765539955299.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)