शनिबार, २१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलाडी 'प्रो कबड्डी लिग' सम्म, तर कहाँ पुग्यो नेपाली कबड्डी ?

आइतबार, २२ श्रावण २०७९हेम राज हमाल
खेलाडी 'प्रो कबड्डी लिग' सम्म, तर कहाँ पुग्यो नेपाली कबड्डी ?
Loading ad...
mustang rice ad

काठमाडौं । कबड्डी कुनै समय नेपालको राष्ट्रिय खेलको रुपमा खेलिन्थ्यो । छिमेकी देश भारत यस खेलको सुरुआतकर्ता हो । बंगलादेशले पनि यस खेललाई आफ्नो राष्ट्रिय खेल बनाएको छ । सन् १९८५ मा दक्षिण एसियाली खेलमा र १९९० एसियाली खेलदेखि कबड्डीलाई प्रतियोगितात्मक खेलका रूपमा समावेश गरेको पाइन्छ । पछिल्लो समय कबड्डी व्यावसायिक खेलका रुपमा पनि प्रगति गरिरहेको छ । जसको ठुलो उदाहरण भारतमा आयोजना हुने 'प्रो कबड्डी लिग' हो ।

२००६ को एसियाली खेलकुदमा कबड्डी प्रतियोगिताको लोकप्रियताबाट प्रभावित भएर प्रो कबड्डी लिगको स्थापना गरिएको थियो। प्रतियोगिताको ढाँचा इन्डियन प्रिमियर लिग (आइपीएल)प्रभावित थियो । प्रो कबड्डी लिगले फ्रेन्चाईजमा आधारित मोडेल प्रयोग गर्यो । यसको पहिलो सिजन  २०१४ मा आयोजना भएको थियो । आठ टोलीहरू जसमध्ये प्रत्येकले २५०,००० अमेरिकी डलर सम्मको शुल्क तिर्दै फ्रेन्चाईज किनेका थिए ।

No description available.

कबड्डीले दक्षिण एसियामा विशेष लोकप्रियता कमाएको छ । सन् २०१४ मा यो लिगको उद्घाटनलाई ४३.५ करोड (४३५ मिलियन) दर्शकले हेरेका थिए । जुन त्यही सिजनको इन्डियन प्रिमियर लिगको ५५.२ करोड (५५२ मिलियन) पछि दोस्रो सर्वाधिक हेरिएको प्रतियोगिता थियो ।  जयपुर पिंक प्यान्थर्स र यू-मुम्बाबीचको पहिलो सिजनको फाइनल ८.६४ करोड (८६.४ मिलियन) दर्शकले हेरेको तथ्याङ्क स्टार स्पोर्ट्सले सार्वजनिक गरेको थियो ।

अहिले त्यहिँ लिगमा नेपाली खेलाडीको धमाधम माग भईरहेको छ । भर्खरै मात्र नेपाली खेलाडी नागेश्वर थारु र लाल मोहर यादवलाई प्रो कबड्डी लिगको क्लब बेंग्लुरु बुल्सले १०/१० लाख भारतीय रुपैयाँमा किनेको छ । नेपालमा बिरलै देख्न पाइने कबड्डी प्रतियोगिता र भएका प्रतियोगितालाई पनि बृहत बनाउन नसक्दाको कमजोरीको कारण खेलकुद प्रेमीमा कबड्डीको चासो कम छ । अहिलेपनि नेपाली कबड्डी खेल र यससंग सम्बन्धित खेलाडीको बारेमा सोध्ने हो भने आम खेलप्रेमी नाजवाफ हुन्छन । तर यो समाचार आउँदा सामाजिक संजालमा खेलप्रेमीले कबड्डी र कबड्डी खेलाडी सम्बन्धि चासो देखाएका छन् ।

नेपाली खेलाडीको लागि यस लिग सपना सरह नै हो । नेपाली कबड्डी खेलाडी 'प्रो कबड्डी लिग' मा छनोट हुनु त्यतिनै महत्वपुर्ण छ जति क्रिकेट खेलाडी आइपीएलमा । यहाँ तुलना गर्न खोजिएको होइन । लगानी र लोकप्रियताको हिसाबले क्रिकेट र कबड्डीबीच आकाश पातालको फरक छ । तर खेलको भावना र खेलाडीको मनोभावनालाई अर्थ्याउने हो भने यी सफलतालाई समानान्तर रुपमा बुझ्न सकिन्छ । २०७६ सालसम्म तीन जना नेपाली खेलाडीले आकर्षक पारिश्रमिकसहित 'प्रो कबड्डी लिग' मा सहभागिता जनाईसकेका थिए । तर सायद उनीहरुको चर्चा कमै मात्र भयो किनकि उनीहरु कबड्डी खेलाडी थिए । नेपालमा कबड्डी खेल अझै पनि मुलधारको खेल बन्न सकेको छैन । यो दुर्भाग्य हो । खैर, ढिलै भएपनि अब केहि चासो त बढेको छ । यसलाई उत्साहपुर्वक लिनुपर्छ ।  

No description available.

नेपालका प्रमुख अन्तराष्ट्रिय खेलाडी हुन् लाल मोहर यादव । उनको घर सिरहा जिल्लाको अर्नामा गाउँ पालिका वडा नम्बर ३ मा पर्छ । उनी सामान्य परिवारका हुन् । उनलाई जीवनयापनका लागि सामान्य जागिरको आवश्यकता थियो । त्यसैले बिस २०६७ सालमा नेपाल आर्मीमा भर्ति भए । भनिन्छ नि, भाग्य तपाइको हातमा हुँदैन । जागिरको लागि आर्मीमा भर्ति भएका उनले कुनै दिन अन्तराष्ट्रिय खेलाडी बनेर देशलाई प्रतिनिधित्व गर्छु भन्ने सोचेका थिएनन ।

आर्मीले खेलकुदमा नियमित अभ्यास गर्थ्यो । हरेक खेलका उत्कृष्ट खेलाडी आर्मीसंग हुन्थे । लाल मोहरको शारीरिक बनावट बलियो थियो । उनलाई शारीरिक बनावट बलियो र चुस्त भएको हुँदा सिनियर गुरुहरुले खेलमा लाग्न सुझाव दिए । सुरुमा लाल मोहरले कुस्ती खेले । बिस्तारै भलिबल, बक्सिङ हुँदै कबड्डी सम्म आइपुगे । उनि 'भर्सटायल' थिए । उनको लागि कुन खेल भन्ने कुराले महत्व राखेन ।

'जुन खेल खेलेपनि शय प्रतिशत दिएर मेहनत गर्नुपर्छ भन्ने लाग्थ्यो । कुस्ती, भलिबल, बक्सिङ लगायतका खेल खेल्दा कमसेकम खेलिरहेको छु भन्ने सोचेरै आनन्द मिल्थ्यो,' लाल मोहर सम्झिन्छन्, 'सबै खेलमा राष्ट्रिय स्तरका प्रतियोगिता नै खेलें । तर कबड्डीमा सोचेको सफलता मिल्यो । आर्मीले कबड्डीको टिम बनायो । म फुर्तिलो थिएँ । बलियो पनि । त्यसैले गुरुकै सल्लाहमा लेफ्ट रेडर बनेर कबड्डी खेल्न थालें ।'

No description available.

२०७२ सालबाट नै उनले खेलाडी जीवन सुरु गरिसकेका थिए । सातौँ राष्ट्रिय खेलकुदमा आर्मीले कबड्डीमा स्वर्ण हात पार्यो । आठौँ राखेप च्याम्पियनसिप, आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जित्यो । उनको टिम राष्ट्रिय प्रतियोगितामा सँधै नम्बर एक रह्यो । घरेलु खेलकुदमा गरेको उच्च प्रदर्शनले उनि नेपालको राष्ट्रिय टोलीसम्म पुगे । अन्तराष्ट्रिय प्रतिष्पर्धामा पनि उनले आफ्नो उत्कृष्ट प्रदर्शन देखाउंदै आएका छन् ।

सन् २०१६ मा १२ औं दक्षिण एसियाली खेलकुद खेले । सन् २०१७ मा नेपालमै भएको बंगलादेशविरुद्ध नेपाली टोलीको जित महत्वपूर्ण थियो । किनकि यस क्षेत्रमा बंगलादेश राम्रो टोलि हो । उनीहरुको प्राविधिक पक्ष बलियो हुन्छ । यो इन्डोनेशियामा आयोजना हुने एसियन खेलकुद २०१८ को लागि महत्वपुर्ण थियो । किनकि जकार्ता एसियाडले लाल मोहर यादवको खेल जीवनमा सफलताको मोहर लगाउने वाला थियो ।

जकार्ता एसियाड २०१८ मा नेपालबाट उनको प्रदर्शन यति सानदार थियो कि त्यसको प्रतिफल उनी 'प्रो कबड्डी लिग' लाई मान्छन ।

'जकार्तामा मेरो खेल हेर्नुभएको रहेछ । उहाँहरुलाई मन पर्यो होला । त्यसभन्दा अगाडी नै नेपालबाट संजय श्रेष्ठले 'प्रो कबड्डी लिग' मा नेपाली खेलाडी पनि कम हुन्नन् भन्ने देखाईसक्नु भएको थियो । तसर्थ मेरो लागि पनि त्यो मौका आउंदै थियो ।'

एसियाड पछि सन् २०१८ मा उनलाई प्रो कबड्डी लिग क्लब पुनेरी पल्टनले बोलायो । ८ लाख भारतीय मुल्यमा । लाल मोहरको सपना साकार भयो ।

No description available.

सन् २०१९ मा उनी बेंग्लुरु बुल्समा बढ्द भए । छैटौं सिजनको बिजेता टोलीमा रहेर प्रशिक्षण लिन पाउनु, विश्वस्तरीय खेलाडीसँगको संगत उनको लागि अहोभाग्य थियो । यसले उनको खेल कौशलमा अझ बिकाश भयो । बिचमा कोरोनाको महामारी आयो । यो समय अलिकति कठिन रहेपनि उनी आफ्नो संगठन नेपाल आर्मी प्रति सधै आभार ब्यक्त गर्छन ।

'मेरो संगठन र मेरो क्लब त्रिभुवन आर्मी क्लबले मेरो जीवनमा एकदम ठुलो भूमिका खेल्यो । म धन्य छु कि मैले आर्मी मा जय बहादुर बोहरा, महेश बोहरा, बिमल पोखरेल लगायतका आदरणीय गुरुहरुबाट प्रशिक्षण लिने मौका पाएँ। संजय श्रेष्ठ लगायतका सिनियर आफ्ना सहकर्मी, जुनियर भाइहरु सबैजना परिवार मैले भेटें । मेरो जीवनमा उहाँहरु महत्वपुर्ण हुनहुन्छ,' उनी भन्छन् ।

उता बर्दियाका अर्का युवा नागेश्वर थारुले छोटो समयमै यो सफलता हासिल गरे । उनी पनि आर्मी हुन् । लाल मोहरका टिम सहकर्मी । उनी जुनियर थिए । २०७२ सालमा आर्मीमा भर्ति भएर कबड्डी खेल्न थाले । त्यस यता उनले धेरै अन्तराष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा खेलिसकेका छन् । गत चैत्रमा नेपालले बंगबंधु कबड्डी च्याम्पियनसिपमा देखाएको उत्कृष्ट प्रदर्शनमा नागेश्वरको तारिफ निकै भयो । 

नागेश्वर अल राउण्डर हुन् । उनी रेड गर्न सक्छन र डिफेन्समा पनि अब्बल छन् । उनको भबिश्य उज्ज्वल रहेको बताउछन् लाल मोहर यादव । 

'नागेश्वर भर्सटायल खेलाडी हुन्। कबड्डी टिममा उनि जस्ता खेलाडीलाइ सबैले समावेश गर्न चाहन्छन । १३ औं सागले उनलाई थप बलियो बनायो यसरि अन्तराष्ट्रिय एक्सपोजर पाईरहने हो भने उनी अझै माथि पुग्नेछन,' उनले भने ।

नागेश्वर पहिलो पटक प्रो कबड्डी लिगमा अनुबन्धित भएका हुन् । उनी पनि लाल मोहरसँगै बेंग्लुरु बुल्सबाट खेल्नेछन् ।

नेपाली कबड्डी पहिलेको भन्दा अवश्य बदलिएको छ । तर तुलनात्मक रुपमा दक्षिण एसियामा नेपाल निकै पछि छ । महिला कबड्डी टोलिले त उत्कृष्ट नतिजा पनि दिरहेको छ । तर पनि कबड्डी ओझेलमा पर्नु कबड्डी संघले तदारुकता नदेखाउनु हो । एक्सपोजरको लागि खेलाडीले एसियन, दक्षिण एसियाली खेलकुद कुर्नुपर्ने बाध्यता छ । घरेलु प्रतियोगिता कहिले आयोजना हुन्छन कहिले सकिन्छन अत्तोपत्तो हुँदैन । स्थापनाको हिसाबले कबड्डी संघ सबैभन्दा पुरानो मध्यको एक हो । २०३४ सालमा स्थापना भएको कबड्डी संघको कछुवा गतिले गर्दा आम खेलाडी पनि मर्कामा छन् । धन्न विभागीय टोलीले नेपालमा कबड्डी र कबड्डी खेलाडी जोगाएर राखिदिएका छन् । 

No description available.

छिमेकी देश भारतले कबड्डीलाई व्यावसायिक बनाउदै अगाडी लिरहेको बेलामा नेपाल भने नाममात्र को 'राष्ट्रिय खेल' मानेर मख्ख पर्यो । वास्तविकता त यो थियो कि कबड्डी आजसम्म पनि मुलधारको खेलमा समेत अटाउन सकेको छैन । यस्तो हुनुको प्रमुख कारण कबड्डी खेलको बिकाशको जिम्मा लिएको सम्बन्धित निकाय निकम्मा हुनु हो ।

एसिया मात्र नभई बिस्तारै युरोप र अमेरिकी देशले समेत यसमा सम्भावना देखिरहेका छन् । ठुला ठुला ब्यारिक प्रतिष्ठानहरु कबड्डीमा लगानी गर्न इच्छुक देखिएको बेलामा नेपाल भने नजिकको तिर्थ हेला गरिरहेको छ । दक्षिण एसियामा नेपाली खेलाडीको माग हुनु मात्र सफलता होइन।  यदि नेपालले व्यावसायिकता लाई ध्यान दिएर योजनाबद्द अगाडी बढ्ने हो भने घरैपिच्छे खेलाडी उत्पादन हुनेछन । किनकि कबड्डीमा नेपाली खेलाडीको भबिष्य छ । माटो सुहाउँदो खेल पनि भएकाले नेपाली खेलाडी प्राकृतिक रुपमै यसमा बलिया छन् । त्यसको लागि गुणस्तरीय प्रशिक्षण, नियमित अभ्यास र खेलाडीको खेल कौशल विकासमा लाग्नु आवश्यक छ । 

Loading ad...
LiNing Ad
खेलाडी 'प्रो कबड्डी लिग' सम्म तरकहाँ पुग्यो नेपाली कबड्डी ?

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा