शुक्रबार, २६ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Bhat Bhateni Supermarket Ad

नेपाल बक्सिङ संघले अन्तराष्ट्रिय बक्सिङ दिवस मनायो

शनिबार, ११ भाद्र २०७९खेलपाटी संवाददाता
नेपाल बक्सिङ संघले अन्तराष्ट्रिय बक्सिङ दिवस मनायो
Classic Tech Internet Ad

काठमाडौं ।  नेपाल बक्सिङ संघले बक्सिङ खेल विकास र विस्तार सम्बन्धि विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै अन्तराष्ट्रिय बक्सिङ दिवस मनाएको छ ।

सन् १९७४ अगस्ट महिनामा क्युवाको हवानामा आयोजित प्रथम आईवा वर्ल्ड बक्सिङ च्याम्पियनसिपको अवसरलाई स्मरण गर्दै विश्वभर हरेक वर्षको अगस्ट २७ मा अन्तराष्ट्रिय बक्सिङ दिवस मनाईदै आएको छ ।

सन् २०१७ देखि जुलाई २२ तरिखलाई बक्सिङ दिवस मनाउदै आएको थियो । तर, सन् २०२१ देखि २२ जुलाईको सट्टा अगस्ट २७ लाई नियमित रुपमा अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाउने गरिन्छ ।

आईबाले वर्ष २०२२ लाई 'अफ्रिकाको वर्ष' को रूपमा घोषणा गर्दै किन्शासा, डेमोक्रेटिक रिपब्लिक अफ कंगोको राजधानी किन्शासा शहरमा यो कार्यक्रम मनाउने निर्णय गरेको छ ।

No description available.

अन्तर्राष्ट्रिय बक्सिङ दिवसको अबसरमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले वर्तमान कार्यसमितिले राम्रो काम गर्न सफल भएको, सन्तोषजनक नतिजा ल्याउन सफल भएको  र  स्वयम् अध्यक्षले आफ्नो व्यक्तिगत खर्च गरि बक्सिङ खेल विकास र विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याएकोमा धन्यवाद समेत व्यक्त गरे ।

साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् २०१७ देखि आईबालाई लगाएको प्रतिबन्ध यथावत रहेको जानकारी गराउदै आउदो पेरिस ओलम्पिक सन् २०२४ मा बक्सिङ खेलको सहभागीता सुनिश्चितताको लागि आईबाले मेहनत गर्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रमका अध्यक्ष तथा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले अन्तरास्ट्रिय बक्सिङ डे  २७ अगस्ट २०२२ को शुभ अबसरमा सम्पूर्ण देश विदेशमा रहनुभएका खेलाडी तथा खेलप्रेमी महानुभाबहरुलाई उत्तरोउत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए ।

नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको अध्यक्षतामा उक्त कार्यक्रम ओलम्पिक कमिटीको सभा हलमा सम्पन्न भएको थियो ।

No description available.

कार्यक्रममा केन्द्रीय सदस्यहरु, राम बहादुर गिरी, श्याम काजी अवाले, शोभार जंग के.सी., पुष्करराज पन्त ,आईबा वान स्टार रेफ्री÷जज एवम् आठौ सागका स्वर्ण पदक विजेता राम चन्द्र थापामगर, आईबा थ्री स्टार कोच दीपक महर्जन, पुर्व प्रमुख प्रशिक्षक ओम मास्के, आईबा टु स्टार कोच रमेश दास श्रेष्ठ आईबा स्टार रेफ्री तारा राम श्रेष्ठ, आईबा स्टार रेफ्री एवम बागमती प्रदेश खेलकुद विकास परिषद बोर्ड सदस्य धनकुमार मैनाली, आईबा स्टार रेफ्री दिनेश बाशुकला, राष्ट्रिय कोचहरु, प्रेम पौजु, रत्न अवाले, रोहित अवाले लगायत उल्लेख्य रुपमा बक्सिङ्ग खेलाडीहरुको उपस्थिति रहेको थियो ।

Bajaj Pulsar Motorcycle Ad
नेपाल बक्सिङ संघले अन्तराष्ट्रिय बक्सिङ दिवस मनायो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा भिड्दै लालप्रसाद र चन्द्र

आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा भिड्दै लालप्रसाद र चन्द्र

Bajaj Pulsar Motorcycle Ad
नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे