शुक्रबार, ०४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

महिला साफको नक्सा फेर्ने त्यो ऐतिहासिक जित    

बुधबार, २९ भाद्र २०७९हेम राज हमाल
महिला साफको नक्सा फेर्ने त्यो ऐतिहासिक जित    
Classic Tech Internet Ad

काठमाडौं । बंगलादेशका महिला टोलीका मुख्य प्रशिक्षक गुलाम रब्बानी छोटोन जब आफ्नो टोली लिएर  महिला साफका लागि नेपाल आए, उनलाई उनको टोलीको अवस्थाको बारेमा सोधिएको थियो ।

उनले भनेका थिए, 'बंगलादेशले आफ्नो सर्वकालीन उत्कृष्ट खेल खेल्नेछ ।'

यस अघिनै महिला साफमा बंगलादेशले अप्रत्यासित नतिजा निकाल्न सक्ने अनुमान थियो ।

महिला साफको इतिहासमै पहिलोपटक भारतीय टोलीलाई ३-० ले  पराजित गर्दै बंगलादेशको टोलीले अनुमानलाई सहि साबित गरेको छ । वास्तबमै यो नतिजा अप्रत्यासित थियो ।

यो ऐतिहासिक जितले सारा दक्षिण एसियामा बंगलादेशी महिला टोलीको बखान सुरु भएको छ । त्यतिमात्र होइन एएफसीले समेत यो जितलाई  'बंगलादेशी फुटबलमा नयाँ क्रान्ति' को संज्ञा दिएको छ ।

यदि भारतलाई इतिहासमै कुनै टोलीले पराजित गर्न सक्थ्यो भने त्यो कुनै दिन बंगलादेश नै हुन्थ्यो । यसका धेरै कारण छन् ।

May be an image of 10 people and people standing

बङ्गाल सकर एजेन्सीका प्रमुख निलय बिश्वासको भनाईमा सारा बंगलादेश यस जितको पर्खाइमा लामो समय देखि थियो ।

'५ वर्ष अघि जब हामीले भारतविरुद्ध पहिलो बराबरी खेलेका थियौं त्यही दिनदेखि नै बंगलादेशी महिला टोलीका हरेक सदस्यको दिमागमा यो कुरा गहिरिएर बसेको थियो । त्यसपछि साफ फाइनलमा हामी एकदम नजिक थियौं । समय समयमा हामीले भारतबाट झट्काहरु देखेका छौं । अन्तत : त्यही झट्काले हामीमा उर्जा थप्दै गयो,' विश्वासले खेलपाटीलाई भने ।

पूर्व बंगलादेशी राष्ट्रिय खेलाडी राशेदुल इस्लामका अनुसार यो त केवल सुरुआत मात्र हो । २०१६ को साफमा टोलीसँगै गएका उनी यस जितपछी बिगत सम्झिएर रोमान्चित हुन्छन् ।

'पहिलो पटक फाइनल प्रवेश गर्नुअघि समूह चरणमा भारतसँग बराबरी भएको थियो। यसअघिका लगातार तीन च्याम्पियन भारतसँग अन्तिम चरणमा ३–१ ले पराजित भए पनि सबिनाले सबैको मन जितेकी थिइन्  । कृष्णाको स्टेप ओभरमा भुइँमा भारतीय लेफ्ट फुल ब्याक घुमेको दृश्य मलाई अझै याद छ,' उनी भन्छन ।

अहिले प्रशिक्षणमा रहेका  इस्लाम महिला फुटबलसँग नजिक छन् । एउटा विश्लेषकको रुपमा उनलाई हेरिन्छ । उनी थप्छन्, 'त्यो बेला फाइनल खेल्ने बंगलादेश टोलीको औसत उमेर १८ वर्षभन्दा कम रहेको थियो । सेफरको २० सदस्यीय टोलीमा १५ जना एएफसी यू–१६ अपराजित च्याम्पियन टोलीका सदस्य थिए । फाइनलअघि कुनै गोल पनि नखाएको बंगलादेशको डिफेन्स पूरै यू-१६ टोलीको थियो ।  समग्रमा मैले प्रतियोगिताको अन्त्यमा गरेको हिसाबले दक्षिण एसियाली महिला फुटबलमा बंगलादेश भविष्य हो । बंगलादेशका महिला खेलाडीप्रति म विश्वस्त भएको थिएँ । सिलगढीमा गर्न नसके पनि भविष्यमा अवश्य गर्नेछन भनेर ।'

May be an image of 7 people, people standing and grass

इस्लाम खुशीले गदगद छन् । एक त बंगलादेशले जित्यो अर्को उनको हिसाब पनि मिल्यो ।

'दक्षिण एसियाली महिला फुटबल लामो समयदेखि भारतको कब्जामा थियो, अहिले पनि छ । पहिलो बराबरी ५ वर्षअघि आएको थियो । जित बाँकी थियो । त्यो पनि आज पाए । हिसाब मिल्न थालेको छ,'  हाँस्दै उनले भने । आफ्नो फेसबुक वालमा पनि उनले खुशी साटेका छन् ।

बंगलादेश फुटबलको महत्वाकांक्षा केहि वर्षयता बेला बेलामा प्रमाणित हुँदै आइरहेको छ । विश्वकप एसियन छनोटमा सिनियर पुरुष टोलीले भारतीय टोलीलाई हराउँदा होस् या भर्खरै मात्र यू-२० साफमा युवा टोलीले भारतीय युवा टोलीलाई मात दिँदा होस् बंगलादेशले अबको दक्षिण एसियाली फुटबलमा पावरहाउस बन्ने लक्ष्य राखेको देखिन्छ । त्यही महत्वाकांक्षा र दृढ विश्वासले महिला टोलीले पनि यो काम सफलता पुर्वक गरेर देखाएको छ ।

बंगलादेशको च्याम्पियन टोली बसुन्धारा किंग्सका लाइसन म्यानेजर र एएफसीमा समेत रहिसकेका निलय विश्वास भन्छन्, 'बंगलादेश फुटबलको बारेमा पछिल्लो ३/४ वर्ष यता धेरै कुराहरु सुन्न पाइरहेका छौं । यो खुशीको कुरा हो । यदि यसपटकको साफमा महिला टोलीको बारेमा सोध्नु हुन्छ भने मैले पहिलेदेखि भन्दै आएको थिएँ की हामी अन्डरडग टोली होइनौं । हामी उपाधि दाबेदार हौँ । साफमा अन्य टोली भारतविरुद्ध खेल्दा जहिल्यै हतास हुन्छन् यसको मुख्य कारण शारीरिक भाषा हो । यदि तपाइँ खेलपूर्व नै हारिसक्यौं भन्ने मानसिकता बोकेर आउनुहुन्छ भने भारतले तपाईलाई छोड्दैन ।'

निलय मान्छन अन्य टोलीले पनि अब आफ्ना खेलाडीको शारीरिक भाषा सुधार्नु आवश्यक छ । यसका लागि फिजिकल स्ट्रेन्थमा जोड दिनुपर्छ ।

'तपाई भारतविरुद्ध उत्रिदा उनीहरुलाई सम्मान नदिनुहोस । बुझ्ने भाषामा भन्नु पर्दा उनीहरुमाथि सिधै जाइलाग्नुहोस् । तर्साउनुहोस् । लखेट्नुहोस् । तर एउटा कुरा के ध्यान दिनुपर्छ भने तपाइले यस्तो पुरै ९० मिनेट नै गर्नुपर्ने हुन्छ । त्यसैले तपाईलाई फिजिकल स्ट्रेन्थ र इस्टामिनाको आवश्यकता हुन्छ ।'

May be an image of 3 people, people playing football, people standing and outdoors

बंगलादेशको महिला लिग सकिएको लामो समय भईसकेको छ ।  २–३ महिनापछि फेरि सुरु हुँदैछ भन्ने कुरा सुनिन थालेको छ । ५ /६ महिना मात्र चल्ने लिग प्रयाप्त छैन । बाहिर सबैले भन्ने गरेको जस्तो बीएफएफले महिला ग्रासरुटमा ठुलो लगानी पनि गरेको होइन । तर एउटा कुरा धेरै राम्रो भएको छ त्यो हो बर्तमान टोलीका सदस्यहरुलाई उमेर समूहदेखि लगातार सँगै राखेको छ । यसले गर्दा उनीहरुमा राम्रो समझदारी छ । एक आपसमा घुलमिल भएका छन् । यो कुरा तपाई उनीहरुको खेल भईरहेको बेलामा पनि देख्न सक्नुहुन्छ ।

ढाकाबाट फुटबल विश्लेषक पियाल हसन मुराद खेलपाटीसँगको कुराकानीमा भन्छन्, 'बंगलादेश फुटबल एसोसियसनको ग्रासरुट्समा धेरै लगानी छैन । न त महिला लिग नै राम्रो छ । यो ब्याच धेरै पुरानो र कडा परिश्रम गर्ने ब्याच हो । उनीहरु लामो समयदेखि सँगै छन् । भारतविरुद्धको जितको रहस्य उनीहरुले आफ्नै समझदारीमा विकास गरेको एक सुत्र हो जुन सुत्रमा एक अर्काको लागि मरिमेट्ने भावना जोडिएको छ । धेरै खेलाडीहरु बंगलादेशको दुर्गम दक्षिणपूर्वी पहाडी क्षेत्रका गरिब परिवारबाट आएका हुन् । अखी, खातुन, कृष्णा, सन्जिदा, तहुरा, विश्वास आदि खेलाडीहरु ग्रामीण क्षेत्रका हुन् । तपाईले जति खेलाडीको अन्तिम नाम चक्मा देख्नुहुन्छ तिनीहरू सबै हिल ट्रयाकका हुन् । सबैले नियमित रूपमा कडा मेहनत गर्छन् त्यसैले उनीहरु शारीरिक रूपमा बलियो छन् ।'

यद्दपी फुटबल संघले केहि पनि नगरेको भने होइन । यो कुरा फरक हो की चाहिने जति गरेको छैन होला । तर पछिल्लो समय यस्तै यस्तै अप्रत्यासित नतिजाको प्रभावले होला बीएफएफले पनि अब आँखा खोल्न थालेको छ । खेलाडीप्रति जिम्मेवार बनिरहेको जस्तो देखिन्छ । यो कुरा निलय पनि स्विकार्छन् ।

'हाम्रो नजरमा हाम्रो भन्दा तपाईहरुको संघले महिला फुटबलप्रति राम्रो लगाव राखेको होला' यो भनिरहँदा उनी हास्छन्  । 'ग्रासरुटमा लगानी छैन तर बीएफएफले एक वर्षको प्रशिक्षण शिविर भने राख्छ । त्यो शिविरमा करिब ४० जना महिला खेलाडीहरू बस्छन् । हाम्रो लिग राम्रो छैन तर बीएफएफले लिगलाई व्यावसायिक बनाउन खोजिरहेको छ । यो राम्रो संकेत हो ।'

May be an image of 4 people, people standing and outdoors

त्यसो भए बंगलादेशले अहिलेसम्म खेलाडी कसरी उत्पादन गर्यो ?

एएफसी एकेडेमिक सेन्टर अफ एक्सिलेन्स-एसीईबाट फुटबल म्यानेजमेन्टमा सर्टिफिकेट हासिल गरिसकेका निलय यस प्रश्नको उत्तरलाई बिद्यालय स्तरमा जोडेर हेरिनुपर्ने बताउछन् ।

'हामीसँग एक महिला प्रतियोगिता छ । सबै प्राथमिक विद्यालयका छात्राहरूले प्रतियोगिता खेल्छन् । यसलाई बांगोमाता गोल्डकप प्रतियोगिता भनिन्छ जहाँबाट अधिकांश महिला खेलाडी उमेर समूह हुँदै राष्ट्रिय टोलीको लागि छनोट हुने गरेका छन् । बंगलादेशको महिला खेलाडी स्काउटिङको मुख्य आधार अहिलेसम्म स्कुल लिग नै रहेको छ । यसलाई बंगलादेश सरकारले नै हेर्दै आइरहेको छ भने बीएफएफले समन्वय मात्र गर्ने गर्छ ।'

निलयले भने जस्तै स्कुल लिगको महत्व कति छ भन्ने वर्तमान टोलीकी उत्कृष्ट खेलाडी मारिया मान्डालाई हेरेर बुझ्न सकिन्छ । सन् २०११ मा, मारिया फुटबल लागिन । उनी २०१३ मा धोबौराको प्रसिद्ध कलसिन्दुर सरकारी प्राथमिक विद्यालयको पहिलो च्याम्पियन बनेको टोलीको सदस्य थिइन् । २०१४ मा मारियालाई यू-१४ को राष्ट्रिय टोलीमा बोलाइयो । उनी उपकप्तान बनिन र बंगलादेशले ताजकिस्तानमा भएको एएफसी यू–१४ क्षेत्रीय च्याम्पियनसिप जितेको थियो ।

May be an image of 1 person

उसो त यस टोलीको विजयमा अनगिन्ति कारणहरु छन् । तर प्रत्यक्ष श्रेय भने खेलाडी र प्रशिक्षकलाई नै दिनु पर्छ । बंगलादेश फुटबलले  महिला फुटबलको जिम्मा अग्रणी हस्ती गोलोम रबानी छोटोनलाई सुम्पिनु एक राम्रो काम थियो । सन् २००९ देखिनै उमेर समूहबाट महिला टोलीको रेखदेख गरिरहेका गोलोम अहिले आफ्नो प्रशिक्षण जीवनको सबैभन्दा सुन्दर क्षणलाई महसुस गरिरहेका छन् ।

कप्तान सबिना खातुन जस्ता धुरन्धर खेलाडी बनाउनुमा गोलोमकै हात छ ।

'बंगलादेश फुटबल भाग्यमानी छ की हामीले सबिना जस्तो खेलाडी यहि युगमा पायौं,' जारी साफमा पनि ह्याट्रिक गरिसकेकी सर्वकालीन महान बंगलादेशी महिला गोलकर्ताको बारेमा निलय भन्छन् ।

बीएफएफले महिला लिगमा व्यावसायिकता ल्याउन प्रयास गरिरहेको छ । गत सिजन बंगलादेश पुरुष लिगका केही कर्पोरेट क्लबहरूले पनि महिला लिगमा भाग लिएका थिए । फलस्वरूप त्यहाँ प्रतिस्पर्धा बढ्दै गएको छ । संघले आगामी सिजन सबै क्लबलाई महिला टोली बनाउन अनिवार्य गरेको छ । महिला लिगमा विदेशी खेलाडी नभएकाले माथिल्लो डिभिजनमा देशकै खेलाडी खेलिरहेका छन् । त्यसको फाइदा राष्ट्रिय टोलीले पनि पाइरहेको छ ।

May be an image of 3 people and people standing

पत्रकारितामा पनि कलम चलाउने विश्लेषक पियाल हसन मुराद थप्छन, 'अधिकांश खेलाडीको पृष्ठभूमि खासै सुखद छैन । पितृसत्तात्मक समाजमा खेलकुद खेल्ने महिलालाई पनि फरक नजरले हेरिन्छ ।  हाम्रो समाज महिलाको खेल्ने सवालमा भारत, नेपालजस्तो खुला छैन । यी ठाउँबाट महिला फुटबलर आउन गाह्रो थियो । यद्यपि, मुलधारको फुटबलमा उनीहरूको प्रवेश स्कूल फुटबल मार्फत भईरहेको छ । अब भारतविरुद्धको जितले समग्र बंगलादेशी महिला खेलकुदलाई नयाँ दिशा दिनेछ भन्ने विश्वास छ । म संघलाई पनि धन्यवाद त दिन्छु नै । यहाँ संघप्रति मानिसहरुको धारणा खासै सकारात्मक छैन तर संघले लामो समयदेखि महिला फुटबलमा सफलता दिलाउन काम गर्दै आएको छ । यस सफलताको मुख्य कारण हाम्रो महिला फुटबल लिगका साथै अभ्यास लगायत राम्रो अवलोकनबाट खेलाडीहरूलाई दिइएको अवसर हो ।'

एकपटक छनोटमा परिसकेपछि उनीहरुलाई लगातार माथिल्लो लेभलमा फुटबल खेलाउने बीएफएफको नीतिले अन्तत: सफलता हासिल गरेको छ । ठुला टोलीविरुद्धको मैत्रीपूर्ण खेलबाट उनीहरुमा गजबको आत्मविश्वास भरिएको छ । यहि आत्मविश्वासको प्रतिफल हो भारतमाथिको विजय ।

Bajaj Pulsar Motorcycle Ad
महिला साफको नक्सा फेर्ने त्यो ऐतिहासिक जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

नापोली इटालियन सुपर कपको फाइनलमा

नापोली इटालियन सुपर कपको फाइनलमा

 मोरोक्कोले जित्यो अरब कप

मोरोक्कोले जित्यो अरब कप

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने

अर्को एक सिजन मेसीसँगै बस्ने भए सुआरेज

अर्को एक सिजन मेसीसँगै बस्ने भए सुआरेज

 रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

 साबिक विजेता चुलाचुली सतिसाले गोल्डकपको सेमिफाइनलमा

साबिक विजेता चुलाचुली सतिसाले गोल्डकपको सेमिफाइनलमा

ह्विलचेयर रग्बीको उपाधि बीआइएलाई

ह्विलचेयर रग्बीको उपाधि बीआइएलाई