शुक्रबार, २६ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Bhat Bhateni Supermarket Ad

एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन

शुक्रबार, १८ कार्तिक २०७९खेलपाटी संवाददाता
एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन
Classic Tech Internet Ad

काठमाडौं । नेपालगन्ज म्याराथन विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)को अफिसियल क्यालेन्डरमा समावेश भएको छ ।

आठ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको नेपालगन्ज म्याराथन बिहीबारदेखि एम्सको क्यालेन्डरमा समावेश भएको हो ।

एम्सले सार्वजनिक गरेको २०२२ नोभेम्बरदेखि २०२४ फेब्रुअरीसम्मको क्यालेन्डर अनुसार डिसेम्बर १० शनिबारका दिन हुने म्याराथनको सूचीमा नेपालगन्ज म्याराथनलाई राखेको हो ।

एम्सको क्यालेन्डरमा समावेश भएसँगै संसारभरका धावक एवं पर्यटकलाई नेपाल आउने ढोका खोलिदिएको नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले बताए ।

‘विश्वका धावक तथा पर्यटकको चासो रहने एम्सको क्यालेन्डरमा पहिलोपटक नेपालगन्ज, लुम्बिी र नेपाल शब्द देख्दा निकै खुशी लागेको छ,’ अध्यक्ष ठकुरीले भने–‘सायद देशप्रेम भनेको यही रहेछ, विश्व समुदायमाझ नेपाल देशलाई चिनाउन पाउँदा एक नागरिकको जिम्मेवारी पुरा गरेको अनुभुति भएको छ ।’

एम्सले आफ्नो क्यालेन्डरमा नेपालगन्ज म्याराथनको सम्पर्क सम्बन्धमा सहज हुनेगरी रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङको नाम उल्लेख गर्दै वेभसाइटमा राखेको छ ।

एम्सको हेडक्वार्टर ग्रीसको एथेन्समा रहेको छ । म्याराथनको सुरुवात पनि ग्रीसबाट सुरु भएको थियो ।

एम्सको क्यालेन्डर तथा डाइरेक्टरीमा समाविष्ट भएसँगै नेपाल पहिलोपल्ट सदस्य राष्ट्रका रुपमा विश्व समुदायमाझ देखिएको छ । एम्स संसारभरिका म्याराथन आयोजकहरुको साझा संस्था हो । गत साता मात्र नेपालगन्ज म्याराथनलाई एम्सले सदस्यता प्रदान गरेको थियो । त्यसअघि नेपालगन्ज म्याराथनले एम्सका आधिकारिक कोर्ष मेजरर आमिर सान्डिवानद्वारा चार बिभिन्न विधाहरु ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी दुरीको रुट प्रमाणीकरण गराएको थियो ।

केएल दुगड ग्रुपको धारा तेलले मुख्य प्रायोजन गरेको आठौं धारा नेपालगन्ज म्याराथन यही मंसिर २४ गते शनिबार हुँदैछ ।

दश बर्षे द्धन्द्धलाई औपचारिक बिट मार्दै विद्रोही र राज्यबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै नेपालगन्ज म्याराथले २०७२ सालदेखि यात्रा आरम्भ गरेको हो ।

Bajaj Pulsar Motorcycle Ad
एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Bajaj Pulsar Motorcycle Ad
एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक