सुमन र इशानलाई स्वर्ण
मंगलबार, ०५ पौष २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालका सुमन थापा मगर र इशान सापकोटाले राष्ट्रिय कराते प्रतियोगिता (आईकेओकेएस, कोलकाता ब्रान्चेस) मा स्वर्ण जितेका छन् ।
पुरुष ५५ केजीमुनि सुमन र ३० केजीमुनि इशानले स्वर्ण जितेको इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) का प्रमुख प्रशिक्षक प्रेम लामाले जनाएका छन् ।
भारतको कोलकातामा डिसेम्बर १७ देखि १८ तारिखसम्म भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि शेख रिजवानले रजत तथा ४५ केजीमुनि प्रवेश गुरुङले कांस्य र कातामा सुशान्त सापकोटाले कांस्य जिते ।
टोलीको प्रशिक्षकमा घनश्याम श्रेष्ठ, व्यवस्थापकमा सानुराजा महर्जन, अफिसियलमा कुमार दनुवार, सुप्रिम रेफ्रीमा प्रेम लामा तथा रेफ्रीमा रेवतीप्रसाद सापकोटा र निरकमल थापा रहेका छन् ।
सुमन र इशानलाई स्वर्ण







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)

-1766026088688.webp&w=3840&q=75)
-1766027225866.webp&w=3840&q=75)
-1766026878436.webp&w=3840&q=75)
-1766025700542.webp&w=3840&q=75)
-1766025268063.webp&w=3840&q=75)
