कराते टोली फ्रान्स प्रस्थान
मंगलबार, ०३ माघ २०७९खेलपाटी संवाददाता
काठमाडौं । पेरिस ओपन करातेमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली मंगलबार फ्रान्सको पेरिस प्रस्थान गरेका छन् ।
जनवरी २० देखि २२ तारिखसम्म हुने प्रतियोगितामा अमिर राणाले ८४ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । अमिर दुबई र थाइल्यान्डमा भएको प्रतियोगिताका स्वर्ण विजेता हुन् ।
प्रशिक्षकमा १० औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता कुशल श्रेष्ठ छन् ।
सन् २०१२ मा भएको पेरिस ओपन करातेमा कुशल खेलाडीका रुपमा सहभागी भएका थिए ।
कराते टोली फ्रान्स प्रस्थान







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)






