मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

प्रिन्स र जेशिका च्याम्पियन

शनिबार, २८ माघ २०७९खेलपाटी संवाददाता
प्रिन्स र जेशिका च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं । प्रिन्स दाहाल र जेशिका गुरुङले प्रथम मुख्यमन्त्री राष्ट्रिय ¥याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

नेपाल पुलिसका प्रिन्सले पुरुषतर्फ र एपिएफकी जेशिकाले महिलातर्फको उपाधि जितेका हुन् ।

इटहरीमा शनिबार भएको फाइनलमा प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २३–२१, २१–१५ ले पराजित गर्दै उपाधि उचालेका हुन् ।

उपाधिसँगै प्रिन्सले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपविजेता प्रफुलले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । तेश्रो स्थानमा पुलिसका बिष्णु कटुवाल र आर्मीका रुकेश महर्जन रहे । बिष्णु र रुकेश प्रत्येकले नगद १०÷१० हजार हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरि जेशिकाले आर्मीकी अमिता गिरीलाई २१–८, २१–१५ ले पराजित गर्दै उपाधि उचालेकी हुन् । जेशिकाले नगद ५० हजार सहित हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । अमिताले दोश्रो भए बापत नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । तेश्रो स्थान रहेका सेनाकी रशिला महर्जन र कस्तुरी कलेजकी सिमा राजबंशीले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहालको जोडीले जित हात पार्दै उपाधी सहित नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । कटुवाल र दाहालको जोडीले आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई १९–२१, २१–१३, २१–१४ ले पराजित गर्दै उपाधी उचालेका हुन् । दोश्रो स्थानमा रहेको महर्जन जोडीले नगद १५ हजार र तेश्रो स्थानमा रहेका दीपक बोहरा र सुनिल जोशी तथा पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जोडी संयुक्त तेश्रो हुँदै ७ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै महिला तर्फ सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीले एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडीलाई २१–१०, २१–९ ले पराजित गरे । विजयी जोडीले नगद ३० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपविजेताले नगद १५ हजार हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । तृतीय स्थान प्राप्त गरेका झापाकी अन्जना राई र धनकुटाकी अरुणा तामाङ्ग तथा एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडी प्रत्येकले ७ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
मिक्स युगल तर्फको खेलमा आर्मीका प्रफुल महर्जन र रशिला महर्जनको जोडीले आफ्नै क्लबका पविन लिनथेप र अनुमाया राईको जोडीलाई २१–१०, २१–८ ले पराजित गर्दै उपाधीका साथ नगद ३० हजार प्राप्त गरे । उपबिजयी लिनथेप र राईको जोडीले नगद १५ हजार प्राप्त गरे । यस्तै तेश्रो स्थानमा रहेका एपिएफका क्षितीज खनाल र जेशिका गुरुङ्ग तथा पुलिसका जीवन आचार्य र निता लम्सालको जोडी प्रत्येकले नगद ७ हजार ५ सय प्राप्त गरे ।

भेट्रान ४५ बर्ष माथिको स्पर्धामा सागर फिडका भजनलाल चौधरी र श्याम लामाको जोडीले बिजय प्राप्त गर्यो । चौधरी र लामाको जोडीले स्पोर्टस् हवका सन बहादुर साम्बा र लाक्पा शेर्पाको जोडीलाई १५–२१, २१–१८, २१–१८ ले पराजित गदै बिजय प्राप्त गरेका हुन् । तेश्रो स्थानमा ते¥हथुमका गोपाल खपाङ्गी र मदन लिम्बुको तथा दीपक आङ्गदम्बे र बिकास श्रेष्ठको जोडी रहे । बिजयी जोडीले नगद २० हजार, उपबिजयीले नगद १० हजार र तेश्रो हुने जोडी प्रत्येकले नगद ५÷५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।  

भेट्रान ५५ बर्ष माथिको खेलमा सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङ्गको जोडीलाई पराजित गर्दै गुहाटीका बास्तव नियोग र धादिङ्गका बिष्णु लाल श्रेष्ठको जोडीले बाजी मारे । नियोग र श्रेष्ठको जोडीले राई र तामाङ्गको जोडीलाई २१–१०, २१–१९ ले पराजित गरेका हुन् । मोरङ्गका कुमार घले र सुनरीका भोज राज रखालको जोडी तथा कास्कीका रमेश भट्टचनक र ललितपुरका दिल बहादुर कदङ्गवाको जोडी संयुक्त तेश्रो भए । बिजयी जोडीले नगद २० हजार, उपबिजयी जोडीले नगद १० हजार र तेश्रो हुने जोडीले नगद ५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
छात्र यु ११ तर्फको खेलमा एपिएफका आरुष सिमखडाले भोजपुरका तयाबुङ्ग राईलाई २१–१०, २१–१३ ले पराजित गर्दै बिजयी भए । तेश्रो स्थानमा आर्मीका दीप थिङ्ग र सप्तरीका संगम राउत रहे । छात्रा तर्फ कास्कीकी निभा राई बिजयी भईन् । भोजपुरकी रितु तामाङ्ग खुट्टामा चोट बोकी रिटायर्ड हर्ट भएपश्चात निभाले खेल जिजेकी थिईन् । पहिलो सेट ४–२१ ले गुमाएकी रितु दोश्रो सेटमा ५–११ को स्थितीमा खुट्टामा चोट बोक्न पुगि रिटायर्ड भएकी थिईन् । तेश्रो स्थानमा बेलटार ब्याडमिन्टन एकेडेमीकी ईशिता खत्री र सुनसरीकी रिश्ता रावल रहे । बिजयीले नगद १३ हजार, उपबिजयीले नगद ७ हजार र तृतीयले नगद ३ हजार ५ सयका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यु १३ छात्र तर्फ आर्मीका रिजन मगरले एपिएफका आरुष सिमखडालाई २१–१७, २१–१२ ले पराजित गर्दै उपाधी उचाले । तेश्रो स्थानमा काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका प्रवल श्रेष्ठ र तनहुका सफल भुजेल रहे । छात्रा तर्फ सेनाकी रिहाना शेरचन बिजयी भईन् । उनले पहिलो सेट आर्मीकी टिसारानी शाक्यलाई २१–१४ ले जितेकोमा दोश्रो सेट ११–३ को अवस्थमा टिशा रिटायर्ड हर्ट भए पश्चात सोतः खेल जितेकी थिईन् । तेश्रो स्थानमा आर्मीकी समृद्धि श्रेष्ठ र कास्कीकी निभा राई रहे । बिजयीले नगद १५ हजार, उपबिजयीले नगद ८ हजार र तेश्रोले नगद ४ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यु १५ छात्र तर्फ सेनाका कविर के.सी.ले एपिएफका अरुण अधिकारीलाई २१–१२, २१–१४ ले पराजित गर्दै उपाधी उचाले । तेश्रो स्थानमा सुनसरीका संगम गिरी र कैलालीका शिषिर राना रहे । छात्रा तर्फ सेनाकी टिसारानी शाक्य घाईते भएर खेल छोडे पश्चात सेनाकी रिहाना शेरचनले स्वतः प्रतियोगिता जितिन् । तेश्रो स्थानमा बेलटार ब्याडमिन्टन एकेडेमीकी बिकिता आचार्य र कास्कीकी निभा राई रहे । बिजयीले नगद १७ हजार, उपबिजयीले नगद ९ हजार र तेश्रोले नगद ४ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेकपा एमाले १ नं. प्रदेश सभा सदस्य तथा सचेतक माननिय रेवती रमण भण्डारी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष चन्द्र शेखर लामा, सुनसरी जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष प्रतिक श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad
प्रिन्स र जेशिका च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार