फरक क्षमताका क्रिकेट टोली भारत जाने
1677516554.jpg&w=3840&q=75)
काठमाडौं । नेपाल र भारतबीच हुने फरक क्षमता भएकाको टी– २० क्रिकेटका लागि १५ पुरुष खेलाडीसहति १८ स्दस्यीय नेपाली टोली मंगलबार भारतको हरयाणा जाने भएको छ ।
खेलाडीहरुमा सन्तोष भण्डारी (कप्तान), प्रदीप रिजाल (उपकप्तान), डम्बरबहादुर मगर, रामबहादुर कुँवर, बालकृष्ण गिरी, इन्द्रसिंह डिसी, हेमबहादुर गुरुङ, छवी धोबी, रिन्केश कुर्मी, विवेक शर्मा, राहुलकुमार कोइरी, कुञ्जबिहारी चौधरी, तब्रेज अन्सारी, कृष्नन्दन कुमार र खुशलाल मिया रहेका छन् ।
प्रशिक्षकमा सुवास लुइटेल, व्यवस्थापकमा अन्जना मास्के र अफिसियलमा ह्वीलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम शेर्पा छन् ।
नेपालले भारतसँग फागुन १९, २० र २१ गते खेल्ने छ ।
भारत जाने नेपाली टिमलाई हन्ड्रेट स्पोर्टस नेपालले प्रायोजन गरेको छ । स्पोटस म्यानेजमेन्ट एण्ड मार्केटिङ कम्पनी हन्ड्रेट स्पोर्टसले खेलाडीलाई आवश्यक किट, यातायातको खर्च, बसोबास र खानाको ब्यवस्था गरेको छ ।
टिमका सबै सदस्यलाई आर्थिक सहयोग समेत गरिएको हन्ड्रेट स्पोर्टसका नेपाल प्रमुख उदय अर्यालले जानकारी गराए ।
राखेप सदस्य सचिव टंकलाल घिसिङ र हन्ड्रेट स्पोर्टसका संस्थापक रबिन्द्र भाटीले खेलाडीलाई टिका, खादा लगाएर बिदाई गरेका थिए ।
.jpg)












-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
