शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. पारा खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

पलेशालाई पारा एथलेट सम्मान

मंगलबार, २३ फाल्गुण २०७९खेलपाटी संवाददाता
पलेशालाई पारा एथलेट सम्मान
Loading ad...
mustang rice ad

काठमाडौं । एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गतको पारा एथलेट सम्मान पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई प्रदान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा पलेशालाई पारा एथलेट सम्मान प्रदान गरिएको हो ।

पारा एथलेट सम्मानसँगै पलेशाले नगद ५० हजार प्राप्त गरिन् ।

को हुन् पलेशा गोवर्धन ?

पलेशा गोवर्धनको हाँसोमा धेरै थोक मिसिएको छ। उनको ब्यवहार, मेहनत, उनको आत्मविश्वास अनि उनको सफलता।

तेक्वान्दो खेलाडी पलेशालाई 'फरक क्षमताको खेलकुद क्षेत्र'  को रोल मोडल हुन् भन्दा फरक पर्दैन।

१० वर्षको उमेर देखि खेल क्षेत्रमा होमिएकी पलेशालाई शुरुमा लागेको थियो खेलकुद क्षेत्र रमाइलोको लागि मात्रै हो।

जब बुझ्दै गइन्, उनलाई थाहा हुँदै गयो की यहाँ त जीवन जिउने कला लुकेको रहेछ, यो त आफुले आफैलाई चिन्ने माध्यम रहेछ।

थाहै नपाई तेक्वान्दो र खेलकुद क्षेत्र उनको जीवनको टर्निङ प्वाइन्ट बनिसकेको थियो।

जब अन्तर्राष्ट्रिय प्रतियोगितामा पलेशाले प्रतिद्धन्दीसंग भिड्न थालिन्, खेलमात्र होइन,  उनले आफैलाई पनि जित्न थालिन्।

खेल यात्रासंगै उनको घरका भित्ताहरु पदकले सजिन थाल्यो। लजालु स्वभावकी पलेशा यसविचमा आत्मविश्वासी खेलाडी बनिसकेकी थिइन्। हिजो आफु अरु भन्दा फरक र कमजोर छु भन्ने मानसिकता उनीबाट कता कता गायब भइसकेको थियो।

खेलकुद यात्रामा उनले धेरै कुरा सिकिन् थाहा पाइन्

वर्ष २०७८ त उनको खेल जीवनको लागि झनै महत्वपुर्ण बन्यो। सोही वर्ष उनी टोकियो ओलम्पिकमा छानिइन् ।

त्यहाँ उनी झन्डै झन्डै पदकको नजिक पुगिसकेकी थिइन्। तर ९ सेकेन्ड खेल सम्हाल्न नसक्दा पदक विमुख हुनु पर्यो।

यद्यपी नेपाली ओलम्पिकको इतिहासमा २ जना प्रतिद्धन्दीलाई हराएर उनले नयाँ इतिहास भने रचिन्।

टोकियोमा पदक गुम्यो, तर त्यहाँबाट फर्के लगत्तै पलेशाले एसियन युथ पारा गेम्समा स्वर्ण पदक जितिन्।

अब उनी सामान्य पलेशा गोवर्धन होइन, ओलम्पियन पलेशा बनिसकेकी थिइन्। गलामा अन्तर्राष्ट्रिय स्वर्ण पदक थियो।

एक दशकको खेलकुद यात्रामा पलेशाले खेलकुदका धेरै पक्ष बुझिसकेकी छिन्। खेलकुदमा शिक्षाको महत्व धेरै रहेको उनको अनुभव छ। र आफुले सिकेको अनुभव भविष्यमा पारा खेलाडीहरुको भलाईमा प्रयोग गर्ने सपना बुनेकी छिन् पलेशा गोवर्धनले।

झट्ट हेर्दा पलेशा ओलम्पिक खेल्ने एकजना सामान्य खेलाडी लाग्न सक्छ। तर उनले भोगेको खेलकुद र देखेको सपना अरु भन्दा फरक छ।

पारा एथलेट क्षेत्रमा पलेशाले रचेको योगदानको उच्च सम्मान गर्दै नेपाल खेलकुद पत्रकार मञ्च उनलाई प्रदान गर्दछ पल्सर पारा एथलिट सम्मान २०७८ ।

Loading ad...
LiNing Ad
पलेशालाई पारा एथलेट सम्मान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पारा एथेटिक्स टोली भारत प्रस्थान

पारा एथेटिक्स टोली भारत प्रस्थान

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा