हङकङमा चुनमुन ब्याडमिन्टन आयोजना
मंगलबार, २८ चैत्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । हङकङमा चौंथो संस्करणको चुनमुन ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
चुनमुन नेपलीज ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगिता अन्तर्गत समूह 'क' मा डबल्समा सियु फुइ फङ र टाम चिङ किटको जोडी पहिलो भए ।
चीङ पाक यु र चान हेइ सुनको जोडीले दोस्रो स्थान हासिल गरेको हङकङ नेपाल ब्याडमिन्टन संघका अध्यक्ष हेमराज राईले जानकारी दिए ।
समूह 'ख' मा दिपेन राई र इन्द्र राईको जोडी पहिलो भए । किरण राई र उत्तम गुरुङको जोडी दोस्रो भए ।
दुवै समूहको विजेताले ५ हजार हङकङ डलर तथा उपविजेताले ३ हजार हङकङ डलर पुरस्कार प्राप्त गरे ।
विजेतालाई प्रतियोगिताका संयोजक इमान शेर राई र क्लब अध्यक्ष लोखराज राईले पुरस्कृत गरे ।


हङकङमा चुनमुन ब्याडमिन्टन प्रतियोगिता सम्पन्न









-1765820073676.webp&w=3840&q=75)

-1765813062633.webp&w=3840&q=75)



