शनिबार, २१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

हिमालयनसँग शीर्ष स्थानको जावलाखेल स्तब्ध

बुधबार, १३ बैशाख २०८०खेलपाटी संवाददाता
हिमालयनसँग शीर्ष स्थानको जावलाखेल स्तब्ध
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जावलाखेललाई हिमालयन शेर्पा क्लबले २-१ गोल अन्तरले हराएको हो ।

हिमालयनको जितमा मानुएल नाना आग्योमाङ र पिस्टन मुतम्बाले एक एक गोल गरे ।

जावलाखेलका एनकोटो मासोबीले एक गोल फर्काए ।

खेलको दशौँ मिनेटमा मानुएल नाना आग्योमाङले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए । कप्तान विश्वास श्रेष्ठको कर्नरमा पिस्टन मुतम्बालाई लाग्दै आएको बलमा टच दिदै गोल गरे ।

खेलको १९ औं मिनेटमा मुतुम्बाले गोल गर्दै हिमालयनलाई २-० को अग्रता दिलाए । खामिर गिल्सनले उपलब्ध गराएको पासमा पेनाल्टी बक्स भन्दा बाहिरबाट मुतुम्बाले सुन्दर गोल गरे ।

खेलको ७२ औं मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई २-१ को स्थितिमा ल्याए । समिराज थोकरको पासमा सिक्स यार्ड बक्स नजिक रहेका मोसाबीले वान टच गोल गरे ।  

त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल हिमालयनले २-१ ले आफ्नो पक्षमा पार्यो ।

त्यसबाहेक दुबै टोलीले अन्य गोलको अवसर खेर फालेका  थिए ।

४८ औं मिनेटमा जावलाखेलका फोडे फोफनाको क्रसमा समिराज थोकरले सिक्स यार्ड बक्स भित्रको प्रहार हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीले उत्कृष्ट बचाउ गरे ।

खेलको ५७ औं मिनेटमा जावलाखेलका अब्दुलअजिजको कर्नरमा एनकोटो मासोबीको फ्री हेडरले पोस्टको दिशा लिन सकेन ।

खेलको इन्जुरी समयमा हिमालयनका अबायोमीको प्रहार पोस्टमा लाग्दै फर्किएको थियो ।

इन्जुरी समयमै जावलाखेलका हिसुब थपलियाको हेडर पोस्टको केहि माथिबाट बाहिरिएको थियो ।

हिमालयनको यो तेस्रो जित हो । हिमालयन १२ खेलमा १३ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

जावलाखेलको यो तेस्रो हार हो ।  जावलाखेल १२ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

Loading ad...
LiNing Ad
हिमालयनसँग शीर्ष स्थानको जावलाखेल स्तब्ध

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा