हिमालयनसँग सातदोबाटो स्तब्ध
बुधबार, २० बैशाख २०८०खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले जित निकालेको छ ।
च्यासल मैदानमा बुधबार हिमालयनले रोयल ब्लु सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
हिमालयनको जितमा खामिर गिल्सनले निर्णायक गोल गरे ।
खेलको ६५ औं मिनेटमा गिल्सनले निर्णायक गोल गरेका हुन् ।
पिस्टन मुटुम्बाको पासमा डिबक्सको ठिक बाहिरबाट गिल्सनले गोल गरे ।
हिमालयनको यो चौंथो जित हो । हिमालयनले १४ खेलमा १७ अंक जोडेको छ ।
हिमालयन आठौं स्थानमा उक्लिएको छ ।
यस हारसँगै सातदोबाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।
सातदोबाटोको यो चौंथो हार हो ।
सातदोबाटो १४ खेलमा २२ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
हिमालयनसँग सातदोबाटो स्तब्ध







-1765462956105.jpeg&w=3840&q=75)


-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
-1765441425596.webp&w=3840&q=75)