मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

आयुश र विना सर्वोत्कृष्ट, भृकुटी टिम च्याम्पियन

शनिबार, २३ बैशाख २०८०खेलपाटी संवाददाता
आयुश र विना सर्वोत्कृष्ट, भृकुटी टिम च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं । भृकुटी डोजोका आयुश थापा र अरनिको माध्यमिक विद्यालयकी विना तामाङ प्रथम मेयर कप उमा खुला कराते च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

काठमाडौंमा आयोजित दुई दिने प्रतियोगितामा पुरुषतर्फ ४० केजीमूनि तौल समूहको फाइनलमा आयुशले बालवाटिका डोजोका सोहन तामाङलाई पराजित गरे । यो स्पर्धामा तोयाकोन वादोरियोका निशान तामाङ र सरस्वती डोजोकी रोशन राईले कांस्य जिते ।

महिलातर्फ विनुले २५ केजीमूनि तौल समूहको फाइनलमा आफ्नै विद्यालयकी झरना घतानीलाई हराएर स्वर्ण जितिन् । तोयाकोन नेपाल वादोरियोकी अनिस्या केसी र भृकुटी डोजोकी प्रसन्ध्या कार्कीले कांस्य जिते ।

प्रतियोगितामा भृकुटी डोजो टिम च्याम्पियन समेत बनेको छ । उसले ७ स्वर्ण, २ रजत र ७ कांस्य जित्यो ।

च्याम्पियन मार्शल आर्टले ४ स्वर्ण, ३ रजत र १ कांस्यसहित दोस्रो हुँदा ३ स्वर्ण र २ कांस्य जितेको थैव डोजो तेस्रो भयो।

मनासलु वर्ल्ड स्कुलमा आयोजित प्रतियोगितामा ३०  डोजो र केहि जिल्लासमेत गरी ३६५ खेलाडीको सहभागिता थियो । महिला र पुरुष दुवै विधामा ८ तौल समूह, खुला र काता गरी १०-१० स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

काठमाडौं महानगरपालिकाको प्रायोजनमा नेपाल गोजुरियो कराते संघको आयोजनामा सम्पन्न प्रतियोगिताको पुरुषतर्फ २५ केजीमूनि तौल समूहमा भृकुटी डोजोका आयुश अधिकारी, ३० केजीमूनि तौल समूहमा भृकुटीकै अरुश सिंखडा, ३५ केजीमूनि तौलसमूहमा थैवका आशिष तामाङ, ४० केजीमूनि तौलसमूहमा भृकुटीकै आयुश थापाले स्वर्ण जिते ।

त्यस्तै ४५ केजीमूनि तौल समूहमा च्याम्पियन मार्शल आर्टका दिवश ढकाल, ५० केजीमूनि तौल समूहमा वालवालिका डोजोका बुद्ध मोक्तान, ५५ केजीमूनि तौल समूहमा भृकुटी डोजोका निशान घले र ६० केजीमूनि तौल समूहमा नेपाल हायासी हा का लिजन साउदले स्वर्ण पदक जिते ।

पुरुषकै खुलातर्फ च्याम्पियन मार्शल आर्टका राजीव खड्काले आफ्नै डोजोका अनिल बरामलाई पराजित गरी स्वर्ण जिते । वालवालिका डोजोका अमिर श्रेष्ठ र सरस्वती दोजोका आशिष सेन्चुरीले कांस्य जिते ।

कातातर्फ थैव डोजोका अन्जन एस्माली मगरले स्वर्ण पदक जिते । मनासलु वर्ल्ड स्कुलका राजन खत्रीले रजत तथा भृकुटी डोजोका  वाङचुक शेर्पा र नेपाल हायासी हा का कृष्ण ऐडीले कांस्य जिते ।

महिलातर्फ २५ केजीमूनि तौल लसमूहमा अरनिकको स्कुलकी विना तामाङ, ३० केजीमूनि तौल समूहमा थैव डोजोकी जमुना घर्तीमगर, ३५ केजीमूनि तौलसमूहमा भृकुटी डोजोकी एलिशा गुरुङ, ४० केजीमूनि तौल समूहमा वालवालिका डोजोकी सुनिता तामाङले स्वर्ण पदक जितिन् ।

४५ केजीमूनि तौल समूहमा च्याम्पियन मार्शल आर्टकी काजल विष्ट, ५० केजीमूनि तौल समूहमा सरस्वती डोजोकी शर्मिला वाइबा, ५५ केजीमूनि तौल समूहमा च्याम्पियन मार्शल आर्टकी नीमा तामाङ र ६० केजीमा भृकुटी डोजोकी सन्ध्या खनालले स्वर्ण पदक जिते ।

खुलातर्फ वालवालिका डोजोकी आरती राइले फाइनलमा कालिका सदनकी सविना तामाङलाई हराएर स्वर्ण जितिन् ।  कातातर्फ भृकुटी डोजोकी सुनिता तामाङले स्वर्ण जित्दा नेपाल हायासी हा डोजोकी निरुता श्रेष्ठले रजत जितिन् । नागादेस डोजोकी मिस्टी श्रेष्ठ र नेपाल हायनसी हा की पूर्णिमा रानामगरले कांस्य जिते ।

विजयी खेलाडी तथा टिमलाई काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल लगायतले पुरस्कार वितरण गरे ।

विजयी खेलाडी तथा टिमलाई काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल लगायतले पुरस्कार वितरण गरे ।

Bajaj Pulsar Motorcycle Ad
आयुश र विना सर्वोत्कृष्टभृकुटी टिम च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

Bajaj Pulsar Motorcycle Ad
मेसीले मोदीलाई किन भेटेनन्?

मेसीले मोदीलाई किन भेटेनन्?

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध