सातदोबाटोमाथी संकटाको सहज जित
मंगलबार, २६ बैशाख २०८०खेलपाटी संवाददाता

काठमाण्डौं । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबले सातदोबाटो युथ क्लबमाथी सहज जित दर्ता गरेको छ।
च्यासल मैदानमा मंगलबार दिउँसो भएको खेलमा संकटाले सातदोबाटोलाई २–० गोल अन्तरको हराएको हो ।
संकटाको जितमा दुबै गोल युसेफ एट्रिसले गरे ।
खेलको १४औं मिनेटमा गोल गर्दै युसेफले संकटालाई सुरुआती अग्रता दिलाएका थिए ।
यस्तै खेलको २६औं मिनेटमा युसेफले ब्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई जित दिलाए ।
जितसँगै १६ खेलमा २० अंक जोडेको संकटा अंकतालिकाको नवौं स्थानमा उक्लिएको छ ।
१६ खेलमा २३ अंक रहेको सातदोबाटो पाँचौं स्थानमा छ ।
सातदोबाटोमाथी संकटाको सहज जित







-1765462956105.jpeg&w=3840&q=75)


-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
-1765441425596.webp&w=3840&q=75)