संकटालाई हराउँदै पुलिस रेलिगेसन जोन बाहिर
शुक्रबार, २९ बैशाख २०८०खेलपाटी संवाददाता

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग तालिकाको रेलिगेसन क्षेत्र छाडेको छ ।
दशरथ रंगशालामा शुक्रबार भएको खेलमा संकटा क्लबलाई २ १ गोल अन्तरले हराउँदै पुलिस अंक तालिकामा सुधार गरेको छ ।
मोजेस ग्याबा र मोहमद आशिकले पुलिसका लागि गोल गरे । संकटाका निशान खड्काले फ्रिकिकमार्फत एक गोल फर्काएका थिए ।
यस जितसँगै पुलिस ११ औं स्थानमा उक्लिएको छ । पुलिसको १७ खेलमा १९ अंक छ ।
संकटा १७ खेलमा २० अंकका साथ दशौं स्थानमा छ ।
संकटालाई हराउँदै पुलिस रेलिगेसनबाट बाहिरियो







-1765462956105.jpeg&w=3840&q=75)


-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
-1765441425596.webp&w=3840&q=75)