जावलाखेलले शीर्ष स्थानको मौका गुमायो
बिहिबार, ०४ जेठ २०८०खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लब बराबरीमा रोकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार जावलाखेलले न्युरोड टिम एनआरटीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
सुरुआती अग्रता जोगाउन नसक्दा जावलाखेल बराबरीमा रोकिन परेको छ । बराबरीसँग जावलाखेलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।
खेलको ३७ औं मिनेटमा जावलाखेलले सुनिल खड्काको गोलमा अग्रता बनाएको थियो । दोस्रो हाफको ५० औं मिनेटमा लाल्नुनजामाले गोल गर्दै एनआरटीलाई बराबरीमा ल्याएका थिए ।
जावलाखेलले १९ खेलबाट ३२ अंक बनाएको छ । शीर्ष स्थानको चर्च ब्वाईजको ३३ अंक छ । यद्धपी चर्चले एक खेल कम खेलेको छ । एनआरटी २३ अंक सहित आठौं स्थानमा उक्लिएको छ ।
#जावलाखेल शीर्ष स्थान






-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)

-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
