मछिन्द्रले एनआरटीलाई हरायो
आइतबार, ०७ जेठ २०८०खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले जित निकालेको छ ।
च्यासल मैदानमा आइतबार भएको खेलमा मछिन्द्रले न्युरोड टिम एनआरटीलाई २-० गोल अन्तरले हराएको हो ।
मछिन्द्रको जितमा आफिज ओलावाले र सौरभ लिम्बुले एक एक गोल गरे ।
ओलावालेले खेलको ३१ औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा सौरभले गोल गर्दै मछिन्द्रलाई २-० को जित दिलाए ।
मछिन्द्रको यो नवौं जित हो । मछिन्द्रले २० खेलमा ३४ अंक जोडेको छ ।
एनआरटीले २० खेलमा २३ अंक जोडेको छ ।
मछिन्द्रले एनआरटीलाई हरायो






-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)

-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
