शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

रजिना र अमृतलाई स्वर्ण

मंगलबार, ०९ जेठ २०८०खेलपाटी संवाददाता
रजिना र अमृतलाई स्वर्ण
Loading ad...
mustang rice ad

हेटौडा । मकवानपुरका दिना गोपाली र जिकेश सापकोटाले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्स दुई मिटर दौडमा स्वर्ण पदक जितेका छन् ।

हेटौंडास्थित पिप्ले काम्पा रंगशालामा दुई सय मिटरको प्रतिस्पर्धामा मकवानपुरका स्प्रिन्टरद्वय दिनाले महिलामा र जिकेशले पुरुषमा स्वर्ण जितेका हुन् ।

उक्त दूरी पूरा गर्न दिनाले २९.३७ सेकेन्ड र जिकेशले २४.६० सेकेन्ड समय लगाए । महिलामा भक्तपुरकी स्वागता खाइतु र चितवनकी रोजिता गुरुङले क्रमशः रजत र कांस्य पदक प्राप्त गरे ।

पुरुषतर्फ भने मकवानपुरकै सुजन राई र चितवनका शेखर उप्रेतीले कांस्य पदक जिते ।

महिला ८०० मिटर दौडमा ललितपुरकी रजिना दुलालले सफलता प्राप्त गरिन् । उनले दुई मिनेट ४० सेकेन्डमा दौड पूरा गरिन् ।

यस विधामा नुवाकोटकी आस्था राईले रजत र रामेछापकी भगवती खड्काले कांस्य पदक जिते ।

यसै विधाको पुरुषमा चितवनका अृमत बोटले सफलता पाए । उनले यो दूरी दुई मिनेट ८ सेकेन्डमा पूरा गरे । सिन्धुपाल्चोकका टीकाराम लोप्चन रजत र नुवाकोटका दिनेश राई कांस्य पदक जित्न सफल भए ।

पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिगमार सिंहले सफलता पाए । उनले १८ मिनेटमा ९ सेकेन्डमा उक्त दूरी पार गरे । काठमाडौंका धर्म महर्जन र सिन्धुपाल्चोकै विश्वराम कुँवरले क्रमशः रजत र कांस्य पदक जिते ।

यसै विधाको महिलामा पनि सिन्धुपाल्चोककै निनु तामाङले स्वर्ण जित्दा २१ मिनेट ८ सेकेन्डमा पूरा गरिन् । दोलखाकी सोनु घोतानेले रजत र भक्तपुरकी रोस्टिना सितिखाले कांस्य पदक जिते ।

महिला लङजम्पमा चितवनकी प्रनिशा महतोले स्वर्ण जितिन् । उनी ४.८३ मिटर पर उफ्रिन् । चितवनकै आसिका गुरुङले रजत र दोलखाकी रोजिना कार्कीले कांस्य पदक जिते । पुरुषको लङजम्पमा चितवनका सुजितकुमार महतोले स्वर्ण पदक जित्दा ६.३४ मिटर पर उफ्रिए ।

चितवनकै सुदीप महतोले रजत र दोलखाका सुदीप मिजारले कांस्य जिते । पुरुषको सटसुटमा चितवनका ललित राउतले १२.७८ मिटर पर फ्याक्दै स्वर्ण पदक जिते । रामेछापका प्रचन्ड ढुंगेल रजत र चितवनका दीपेश महतो कांस्य पदक जित्न सफल भए । महिलाकै सटपुटमा चितवनकै अप्सरा श्रेष्ठले स्वर्ण जितिन् । उनले ८.८३ मिटर पर फ्याकिन् । सिन्धुलीकी प्रमिला माझीले रजत र रामेछापकी अनिता कार्कीले कांस्य पदक जिते ।

Loading ad...
LiNing Ad
रजिना र अमृतलाई स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा