फुपुल्हामुले युनिभर्सिटी च्याम्पियनसिप खेल्ने
शुक्रबार, ०८ असार २०७५खेलपाटी संवाददाता

काठमाडौं । नेपाली जुडो खेलाडी फुपुल्हामु खत्रीले अल जापान युनिभर्सिटी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएकी छन् । ओलम्पिक– २०२० को तयारीका लागि हाल जापानमा रहेकी फुपुले शनिबार प्रतिस्पर्धा गर्ने भएकी हुन् ।
फुपुल्हामुले टिम इभेन्टमा प्रतिस्पर्धा गर्न लागेको नेपाल जुडो संघले जनाएको छ । फुपुले महिला ७० केजी तौलसमूहमा फुकाउका युनिभर्सिटीकी खेलाडीसंग शनिबार प्रतिस्पर्धा गर्नेछिन् ।
फुपुले आफू अध्ययनरत र प्रशिक्षण लिइ रहेको ताकाओका युनिभर्सिटीबाट खेल्न लागेकी हुन् ।







-1748333590.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)